स्रोत नखुलेको रकमसहित सीमानाकाबाट दुईजना पक्राउ
धरान : स्रोत नखुलेको रकमसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सुनसरीको नेपाल–भारत सीमानाकाबाट उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रहरी नकेशकुमार तुम्बाहाम्फेले जानकारी दिए।
सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल–भारत चारकुने नाकाबाट नेपाली र भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको सप्रउ तुम्बाहाम्फेले बताए। सशस्त्र प्रहरीले चेकजाच गर्ने क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१२ का १८ वर्षीय सुरेश लिम्बू र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेकाको साथबाट स्रोत नखुलेको नेपाली ४ लाख ३४ हजार ७ सय २० रुपैयाँ र ५९ हजार ६ सय १० भारतीया रुपैयाँ बरामत गरिएको सप्रउ तुम्बाहाम्फेले बताएका छन् । पक्राउ परेका दुबैजनालाई बरामत नगदसहित आश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको गणका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायव उपरीक्ष प्रेम प्रसाद सिंदेलले बताए ।
बरामत गरिएको नगद सक्कली वा नक्कली हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ । नेपाल भारत सीमानाकाबाट सशस्त्र प्रहरीले हप्ता दिनभित्र २० लाखभन्दा बढी स्रोत नखुलेको रकम
बरामद गरेको जनाएको छ।