स्रोत नखुलेको रकमसहित सीमानाकाबाट दुईजना पक्राउ

स्रोत नखुलेको रकमसहित सीमानाकाबाट दुईजना पक्राउ
स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धरान : स्रोत नखुलेको रकमसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सुनसरीको नेपाल–भारत सीमानाकाबाट उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक  प्रहरी नकेशकुमार तुम्बाहाम्फेले जानकारी दिए।

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल–भारत चारकुने नाकाबाट नेपाली र भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको सप्रउ तुम्बाहाम्फेले बताए। सशस्त्र प्रहरीले चेकजाच गर्ने क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१२ का १८ वर्षीय सुरेश लिम्बू र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरिएको उनले बताए । 

पक्राउ परेकाको साथबाट स्रोत नखुलेको नेपाली ४ लाख ३४ हजार ७ सय २० रुपैयाँ र ५९ हजार ६ सय १० भारतीया रुपैयाँ बरामत गरिएको सप्रउ तुम्बाहाम्फेले बताएका छन् ।  पक्राउ परेका दुबैजनालाई बरामत नगदसहित आश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको  गणका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायव उपरीक्ष प्रेम प्रसाद सिंदेलले बताए । 

बरामत गरिएको नगद सक्कली वा नक्कली हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ । नेपाल भारत सीमानाकाबाट सशस्त्र प्रहरीले हप्ता दिनभित्र २० लाखभन्दा बढी स्रोत नखुलेको रकम
बरामद गरेको जनाएको छ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.