२५ लाख बराबरको अवैध कपडा र चिनी बरामद

२५ लाख बराबरको अवैध कपडा र चिनी बरामद
चिनी बरामद भएको ट्रक र कपडा । तस्बिर : जिल्ला प्रहरी कार्यालय
सुन्नुहोस्

परासी : भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासी प्रहरी टोलीले २५ लाख बराबरको कपडा र चिनी बरामद गरेको छ । जिल्लाको सिमावर्ती नाकाबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा उक्त सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेकाअनुसार ना ६ ख २९०३ नम्बरको ट्रकमा लोड गरी लैजादै गरेको अवस्थामा भन्सार छलेर ल्याएको ४२० बोरा चिनी बरामद भएको हो । बरामद भएको २१ हजार केजीको मूल्य १५ लाख ८५ हजार कायम गरिएको छ । 

चिनीसँगै ट्रक चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद भएको चिनीसहित ट्रक र ट्रक चालकलाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय बुटवल पठाइएको डीएसपी पाण्डेले जानकारी दिए ।

त्यसैगरी बुधबार नै प्रहरीले ९ लाख ४६ हजारबढी मूल्य पर्ने कपडालाई बर्दघाटबाट बरामद गरेको छ । 

भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा बरामद भएका कपडामा साडी,कुर्ता सुरवाल,टिसर्ट,लेडिज टप्सलगायतका रहेका छन् । सामान बरामद भएपनि प्रहरीले कारोबारमा संलग्न कसैलाई पक्राउ गरेको छैन । प्रहरीले कपडालाई बेबारिसे अवस्थामा बरामद भएको जनाएको छ । बरामद कपडा आवश्यक कारबाहीका लागि महेशपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.