उपनिर्वाचन नतिजाको अन्तर्य

उपनिर्वाचन नतिजाको अन्तर्य
सुन्नुहोस्

उपनिर्वाचन नेपाली जनताको पछिल्लो मनोविज्ञान र मनस्थिति बुझ्न काफी प्रष्ट चित्र हो। अझै पनि पुराना पार्टीलाई आउँदो निर्वाचनसम्म सुध्रने समय छ।

मंसिरको निर्वाचनबाट पुराना पार्टीलाई सन्देशमूलक झट्का मिलेकै थियो। ६ महिनाअघिमात्रै स्थापित दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा उल्लेखनीय उपस्थिति जनायो। पुराना पार्टीले गढ भनेका निर्वाचन क्षेत्र गुमाउनु उनीहरूले पाठ लिनका लागि काफी थियो।

मधेसमा जनमत र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको उदय नै ठूला र पुराना पार्टीलाई सन्देश थियो कि– जनता परिवर्तन चाहन्छन्। तै त्यो चुनावपछि पनि ती पुराना पार्टी सुध्रिएनन्। फेरि सत्ताको फोहोरी खेलमा गठबन्धन दुई महिनामै भत्काउने र बनाउने गर्न थाले। त्यसैको परिणाम यसपालि वैशाख १० को उपनिर्वाचनले झन् फेरि सन्देश दिएको छ—जनतालाई पुराना पार्टीले गर्दै आएको शासनशैली पटक्कै चित्त बुझेको छैन। त्यसो हुँदैनथ्यो भने २०४८ सालदेखि एकपटकबाहेक सधैं कांग्रेसका तर्फबाट रामचन्द्र पौडेलले जितिरहेको तनहुँ १ मा नयाँ पार्टी रास्वपाले बाजी मार्दैनथ्यो। जनतामा भिजेका कांग्रेसी उम्मेदवार गोविन्द भट्टराईलाई समेत पराजित गरेर तनहुँका जनताले पाहुना मानिएका रास्वपाका स्वर्णिमलाई ठूलो मतान्तरले जिताइदिए र भने– हामीलाई उम्मेदवारमात्रै उसको पार्टी भरोसायोग्य चाहिन्छ। 

चितवनमा रवि लामिछानेलाई पहिलाभन्दा झन् बढी मत प्राप्त हुनु भनेको जनता नयाँलाई नै मौका दिएर एकपटक हेर्न चाहन्छन्। पुराना र सत्तामा पटकपटक परीक्षित पार्टीलाई उनीहरूले कत्ति विश्वास गरेनन्। सत्ता गठबन्धनमात्रै होइन प्रतिपक्ष एमालेको समेत मत जोडिएका भए पनि रास्वपा सभापतिलाई हराउन नसक्ने प्रष्ट मत प्राप्त हुनुको अन्तर्य पुराना सबैजसो दलमाथि जनताको भरोसा उडिसकेको भन्ने नै हो। कांग्रेस, एमालेले ३०औं वर्षदेखि र माओवादीले १५ वर्षदेखि शासन सत्तामा रहेर आमजनताका दुःख कहिल्यै देखेनन् भन्ने जनतामा छाप परेको भएको बुझ्न यो निर्वाचन परिणाम काफी छ। 

रास्वपालाई प्राप्त मत गाली, आवेग र आक्रोश अनि पुरानाप्रतिको वितृष्णामात्रै हो भनेर जसरी एकथरीलाई मंसिरको निर्वाचन परिणामपछि लागेको थियो। उपनिर्वाचन परिणामले भने जनताले आवेग प्रकट गरेका होइनन्, पुराना दलप्रति भरोसा टुटेको र नयाँमा आशा जागेको पुष्टि गरेको छ। मंसिरको निर्वाचन हारेर पनि फेरि बारा २ मा चुनाव जित्न पुगेका संघीय समाजवादी पार्टीका उपेन्द्र यादवले भने चुनाव जित्नुको अर्थ अरू नै कोणबाट केलाउन सकिन्छ। त्यहाँ पनि मधेसमै उदीयमान जनमत पार्टीले कडा टक्कर उपेन्द्रलाई दिएकै हो। विकल्प खोज्ने प्रयत्न त्यहाँ पनि जनताले गरेकै हुन्।

उपनिर्वाचन नेपाली जनताको पछिल्लो मनोविज्ञान र मनस्थिति बुझ्न काफी प्रष्ट चित्र हो। अझै पनि पुराना पार्टीलाई आउँदो निर्वाचनसम्म सुध्रने समय छ। र, नवोदित पार्टीलाई चाहिँ जनताको आशा टुट्न नदिने, अझै जनप्रिय हुने र संसद्मा जनताका मुद्दा खरो रूपमा उठाउँदै सत्तालाई जनता केन्द्रित बनाउन भूमिका खेल्नुपर्नै चुनौती छ। नयाँ पार्टीले नि यत्तिमै आफूलाई अब्बल ठानेर पुरानै दलको सिको गर्‍यो भने अर्को चुनावमा यसै भन्न चाहिँ सकिन्न।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.