मधेशको र कर्णालीका सभामुख बीच भेटवार्ता

मधेशको र कर्णालीका सभामुख बीच भेटवार्ता
सुन्नुहोस्

जनकपुरधाम भ्रमणमा आएका कर्णाली प्रदेशको सभामुख गुरुङ्गले मधेशका सभामुखसँग बुधबार भेटवार्ता गरेका हुन्। सभामुखद्वय बीच भेटवार्ताको क्रममा अनुभव आदान प्रदान गरिएको थियो।

जनकपुरधाम : मधेश प्रदेशका प्रदेश सभामुख रामचन्द्र मण्डल र कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ्ग बीच भेटवार्ता भएको छ।

जनकपुरधाम भ्रमणमा आएका कर्णाली प्रदेशको सभामुख गुरुङ्गले मधेशका सभामुखसँग बुधबार भेटवार्ता गरेका हुन्। सभामुखद्वय बीच भेटवार्ताको क्रममा अनुभव आदान प्रदान गरिएको थियो।

उनीहरु बीच प्रदेशसभालाई कसरी गतिशील बनाउने, ऐन कानून निर्माणमा प्रदेशसभाको भूमिका लगायतको विषयमा समेत छलफल भएको मधेश प्रदेश प्रदेससभा सचिवालयले जनाएको छ। अन्तरप्रदेशीय प्रदेशसभा भ्रमणमा रहेका कर्णालीका सभामुख गुरुङ्गले मधेशको प्रदेशसभाको अवलोकन समेत गरेका थिए।

सभामुख गुरुङ्गसँगै कर्णालीका उपसभामुख यशोदा न्यौपाने, कर्णाली प्रदेशसभाका सचिव जीवराम बुढाथोकी समेत भ्रमण टोलीमा सहभागी थिए। दुई सभामुख बीच संघीयतालाई जीवन्त राख्न तथा टिकाई राख्न खेल्नुपर्ने भुमिकाहरुको विषयमा चर्चा भएको थियो। संघीयताको जननी मधेश प्रदेश भएकोले सबैभन्दा बढी मधेश प्रदेशले भुमिका निर्वाह गर्नुपर्ने सभामुखको राय थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.