विद्युतको नांगो तार मुखमा लगाउँदा मृत्यु

विद्युतको नांगो तार मुखमा लगाउँदा मृत्यु
सुन्नुहोस्

विराटनगर  : मोरङको कानेपोखरी गाउँपालिका–२ ओझा टोलमा करेन्ट लागेर बुधबार राति एकजना पुरुषको मृत्यु भएको छ । करेन्ट लागेर ४० वर्षीय भुटाई केवरतको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 

उनका अनुसार घरको कोठाभित्र विद्युत प्रवाह भइरहेको बिजुलीको नांगो तार मुखमा लगाउँदा केवरतको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

करेन्ट लागेर आफ्नै घरभित्र राति ८:३० बजेतिर उनको मृत्यु भएको भण्डारीले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको छ । 

सुस्त मनस्थितिका केवरतले बिजुलीको नांगो तार आफ्नो मुखभित्र लगाउनुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.