गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डेको दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डेको दाबी
तस्बिर : केशवशरण लामिछाने

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दाबी पेस गरेका छन् । माओवादीसमेतको समर्थन जुटाएर पाण्डेले बहुमत सांसदको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङसमक्ष मुख्यमन्त्रीमा दाबी  पेश गरेका हुन् । 

यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले ९ चैतको प्रदेशसभा बैठकमा विश्वासको मत पाउन सकेका थिएनन् । चैत १० गते माओवादीले मन्त्रीसहित समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार अधिकारीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी पेस गरेका थिए । 

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्न सक्ने व्यवस्था बमोजिम अधिकारी मुख्यमन्त्री भएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले पनि फेरि सोही उपधारा बमोजिम माओवादीसमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् । 

अधिकारीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख गुरुङले १४ गते ४ बजेसम्मको म्याद दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका थिए । 

एमाले नेता अधिकारी पुस २५ गते मुख्यमन्त्री भएपछि पहिलोपटक सोही महिनाको २९ गते प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव गरेका थिए । 

त्यसपटक उनलाई माओवादी र राप्रपाको पनि समर्थन थियो । तर, माओवादीले समर्थन फिर्ता गरेपछि उनी अल्पमतमा परेका थिए । ९ चैतमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्दा ६० सदस्यीय गण्डकी प्रदेशसभामा उनको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको थियो ।

गण्डकीमा कांग्रेसका २७,एमालेका २२,माओवादीका ८,राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.