किसानलाई असिना पानीको डर

किसानलाई असिना पानीको डर
सुन्नुहोस्

जलवायु परिवर्तनका कारण हिमाली जिल्लाको तापमान बर्सेनि वृद्धि हुँदै जान थालेको छ। चालू वर्षको नौ महिनाको अवधिमा मुस्ताङमा पटकपटक वर्षा भएको छ। वर्षाले यहाँको ढुंगा र माटोले बनेका परम्परागत घर उच्च जोखिममा पर्र्ने भएका छन्।

जोमसोम : कुनैबेला कम पानी पर्ने जिल्लाको रूपमा परिचित मुस्ताङमा पछिल्लो समय वर्षा हुन थालेको छ। वसन्त ऋतुको आगमनसँगै पानी पर्न थालेको हो।

जलवायु परिवर्तनका कारण हिमाली जिल्लाको तापमान बर्सेनि वृद्धि हुँदै जान थालेको छ। चालू वर्षको नौ महिनाको अवधिमा मुस्ताङमा पटकपटक वर्षा भएको छ। वर्षाले यहाँको ढुंगा र माटोले बनेका परम्परागत घर उच्च जोखिममा पर्ने भएका छन्।

यस्ता घरको छतमा जस्ताले छाउने वा ढलान गरिएको हुँदैन। सक्खर माटो बिच्छ्याइएका यस प्रकारका घरहरू चुहिने र भत्किन थालेको मार्फाका स्थानीय दीपक  लालचनले बताए। हिमाली जिल्ला मुस्ताङको वातावरण, पर्यावरणीय र जैविक विविधतामा समेत असर पर्न थालेको हो। यो वर्ष हिउँ पर्न पनि सकेन। यद्यपि बेमौसमको बेला मुस्ताङमा आंशिक हिमपात भयो। जसका कारण यहाँको स्याउलगायतका अन्नबालीमा समेत दीर्घकालीन असर पर्ने देखिएको हो।

हिउँ पर्ने समयमा हिउँ नपर्ने, भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात हुने र हिउँ नपरी वर्षा हुने क्रम बढेको लालचनले उल्लेख गरे। 

वैशाख महिना लागेसँगै हल्का वर्षा हुन थालेको हो। निरन्तर वर्षा हुन थालेपछि पर्यटन व्यवसायीलाई समेत असर पर्ने हुन्छ। वर्षा भइरहे सडकसमेत अवरुद्ध हुन सक्ने र पर्यटक कम आउने भएकाले पर्यटन व्यवसायी चिन्तित छन्।

यसैगरी वर्षासँगै असिना पानी पर्न सक्ने अवस्था रहेकाले जिल्लाका स्थानीय किसानमा सशंकित छन्। यतिबेला स्याउ बोटमा पालुवासँगै फूल फक्रिँदै गरेकाले वर्षासँगै आएको असिनाले स्याउ बोटमा क्षति पुग्न सक्ने थासाङ—२ सौरुका किसान सोजना हिराचनले बताए। ‘स्याउ बोटमा फूल फुल्न थालेको छ, यस्तो बेला असिना परेमा फूल सबै झारिदिन्छ,’ उनले भने, ‘यस्तो बेला भारी वर्षा र असिना पर्नु अभिशाप हुन्छ।” मुस्ताङमा कागती, बदाम, ओखर र स्याउका रूखमा पालुवा पलाउने समय भएकाले असिनाले क्षति पुर्‍याउँछ।

मुस्ताङमा परेको वर्षाले यहाँका विद्यालय र विद्यार्थीको शैक्षिक पठनपाठनमा समेत असर गरेको छ। विद्यालय जान र घर फर्किन विद्यार्थीलाई सास्ती पर्ने गरेको छ। यसैगरी वर्षाले विकास निर्माणमा समेत बाधा पुर्‍याएको स्थानीय अजित थकालीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.