किन भत्काइए सिरहा नगरका घर टहरा ?

किन भत्काइए सिरहा नगरका घर टहरा ?
सुन्नुहोस्

सिरहा : बजेटको सुनिश्चिताबीनै सिरहा नगरपालिकाले सडक फराकिलो बनाउने नाउँमा सदरमुकाम सिरहा बजारको हजारौँ घर भत्काएका छन्। विगत तीन दिनदेखी मेयर डा. नविन कुमार यादवले आफैँ जेसीबी लिएर सडकमा उत्रेर घर भत्काए। घर भत्किएपछि स्थानीय व्यवसायी र सर्वसाधारण मारमा परेका छन्।

तत्काल घर नभत्काउनु भनेर स्थानीयवासीले उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा दायर गरेका थिए। बैशाख ११ गते अदालतले अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ। जसमा बैशाख २० गते छलफलका लागि दुबै पक्षका लागि बोलाएको छ। छलफलको समय पनि नकुरी आदेश आएको भोलीपल्टदेखि नै भत्काउन सुरु गरेको छ। 

nullभत्काउँदा सुविधा सन्तुलनको हिसाबले निवेदकहरूको घरमा क्षति पुग्ने उल्लेख गर्दै यथास्थितिमा राख्न पनि आदेश गरेको छ। आदेशमा लेखिएको छ– ‘सुखचन्द्र झाको किता नं. १७०३, सन्तोष अग्रवालको किता नं. १२३८, किता नं. १२३९, पशुपति साहु रौनियारको किता नं. २९९, रामप्रमोद मण्डलको किता नं. ३५, ३६, निराजन कुमार यादवको किता नं. १६४१ र विमल कुमार गोहिवारको गाउँब्लकभित्रको किता नं. २४४ को जग्गामा रहेको घर नभत्काउनु।’ तर, नगरपालिकाका मेयर नविन यादवले उक्त आदेशलाई वेवास्ता गर्दै कतिपय निवेदकको घर भत्काएका छन्।

घर भत्काउँदा आफुहरूलाई बसोबास नै उजाड भएको सिरहा नगरपालिका–२ की जमुना कुमारी महराले सुनाइन। ‘घरमा ६ छोरी र एक छोरी छन्। सानो जग्गामै घर थियो। मेयरले जवर्जस्ती डोजर लगाएर भत्काएदियो। रोक्न जाँदा प्रहरीले धक्लेर साइड लगायो,’ उनले भनिन, ‘कहाँ जानु अब। दलित भनेर कोही भाडामा पनि डेरा दिँदैनन्।’ हामी चार घरपरिवार घरविहीन भएको उनले बताइन। 

नगरपालिकाले घर भत्काउन थालेपछि वडा १, २ र ७ ले नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्र लेखेर अदालतको आदेश कार्यान्वयन गरी मात्रै सडक विस्तार गर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले पनि नगरपालिकालाई पत्र नै काटेर आदेश कार्यान्वयन गर्न भनेको छ। तर मेयर यादवले घर भत्काउन रोकेका छैनन्। 

 nullयो सदरमुकाम बजार माडर–चोहर्वा सहायक राजमार्गअन्तर्गत पर्छ। जसको एनएच–२० नामकरण गरी सिरहाको सहिद राजेश ठाकुरपार्कदेखि चोहर्वातर्फ अढाई किलोमिटरमा चार लेन सडक मात्रै यस वर्ष निर्माण सुरु भएको छ। बाँकी सडकका लागि बजेट विनियोजन नभएको सडक डिभिजन कार्यालय लहानका प्रमुख रमेश चौधरीले बताए। हाललाई अढाई किलोमिटर बाहेक सडक खाली गराउन पनि कुनै पत्र र आग्रह नगरपालिकालाई नगरिएको उनले सुनाए। 

मापदण्डअनुसार अहिले सडकको बीचबाट दुवैतर्फ १५–१५ मिटर सडक क्षेत्र खाली गराउन नगरपालिकाले डोजर चलाएको मेयर डा. नवीनकुमार यादवले बताए। लामो समयदेखि सडक विस्तार रोकिएकाले आफूले अग्रसर हुँदै सडक फराकिलो गर्न डोजर चलाएको उनको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.