गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्री नियुक्त

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्री नियुक्त
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

पोखरा  : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मध्याह्न पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।  पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले माओवादी र स्वतन्त्र सांसद गरी बहुमत प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । 

मुख्यमन्त्री पाण्डेलाई पनि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफ्नै सरकारी निवासमा शपथ गराएका हुन् । मध्याह्न १२ बजेपछिको साइत हेरी पाण्डेले शपथको समय लिएका थिए । 

शपथ लिएसँगै मुख्यमन्त्री पाण्डेले दुईजना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन्। नेकपा माओवादी केन्द्रबाट शुशिला सिमखडा र नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारीलाई मन्त्री बनेका हुन्। उनीहरूले शपथ ग्रहण गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.