सशस्त्र प्रहरीको बेस क्याम्प निर्माण गर्न जग्गादान

सशस्त्र प्रहरीको बेस क्याम्प निर्माण गर्न जग्गादान

ढल्केवर(धनुषा) : धनुषामा सशस्त्र प्रहरी बेस क्याम्पको कार्यालय निर्माण गर्नका लाग करोडौंको जग्गादान गरिएको छ। 

उद्योगपति तथा समाजसेवी दिनेश कुमार महतोले सशस्त्र प्रहरी बेस क्याम्प नक्टाझिजलाई कार्यालय निर्माणका पाँच कट्ठा जग्गा प्रदान गरेका हुन्।

महतोले ढल्केवर–जनकपुरधाम सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका–५ नक्टाझिजस्थितमा पर्ने बजार मूल्य अढाई करोडको जग्गा दान गरेका हुन्। 

शान्ति सुरक्षा, अमन चयनका लागि क्रियाशील सशस्त्र प्रहरी बल नेपालको नक्टाझिजस्थित सुरक्षा बेस क्याम्पको कार्यालय निर्माणका लागि जग्गा प्रदान गरेको व्यवसायी तथा समाजसेवी महतोले बताए।

उनलाई १६ औं सशस्त्र प्रहरी वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र साहले कदरपत्र प्रदान गरेर सम्मान गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.