घुमाउने घर !

परम्परा

घुमाउने घर !

घुमाउने घर गाउँघरकै माटो, ढुंगा, काठ र खरले बनाइन्छ। छानो कतै खरको त कतै गाउँ घरकै ढुंगा प्रयोग गरेर बनाइन्छ। रातो माटोले लिपेका र खरले छाएका घरहरू निकै आकर्षक हुन्छन्।

नेपाली परम्परागत घुमाउने घर पछिल्लो समयमा हराउँदै गएका छन्। आधुनिक शैलीका घर बनाउने होडमा सहरबाट मात्र होइन, गाउँबाट पनि नेपाली परम्परागत घरहरू हराउँदै गएका छन्। पोखरामा अझै पनि केही घुमाउने घरहरू भने देख्न पाइन्छ।

पोखरा—३१ बेगनासमा स्थानीयले परम्परागत घर संरक्षण गरेर राखेका छन्। बेगनास मुख्याथरका मनहरि अधिकारीले घुमाउने घरलाई सुरक्षित राखेका मात्र छैनन्, अझै पनि त्यही घुमाउने घरमा बस्दै अएका छन्। गाउँमा पुराना घर भत्काएर आधुनिक घर बनाउने होड चले पनि आफूलाई पुख्यौैली घर नै संरक्षण गर्नुपर्छ भन्ने लागेर खरको छानो पनि बर्सेनि मर्मत गर्दै त्यही घरमा बस्दै आएको अधिकारी बताउँछन्। पहिले घुमाउने घरकै बाहुल्य रहेको यस गाउँमा अहिले भने अधिकारीको घर एक्लो छ।

बेगनासमा जस्तै फेवाताल किनारको बैदाममा पनि २५ वर्ष अघिसम्म घुमाउने घर प्रशस्तै रहे पनि अहिले भने एउटा मात्र बाँकी रहेको स्थानीय हरिकृष्ण पहारी बताउँछन्। बैदामका राजु पहारीले अंशमा परेको परम्परागत घुमाउने घर संरक्षण गरेर राखेका हुन्। घुमाउने घरलाई म्युजियमको रूपमा विकास गर्ने उद्देश्यले संरक्षण गरेर राखेको पहारीको भनाइ छ। घरभित्र परम्परागत ठेकी, मान्द्रो, स्याखु, भकारी, मुदुस, डोको, नाम्लो, जाँतो, ढिकी, परम्परागत साँचो, चुकुल, बिजुलीको प्रयोग नहुँदै ताकाका टुकी, पानसलगायत सामग्री पनि पहारीले सुरक्षित राखेका छन्।null

पोखरा–१७ बिरौटा पावरहाउसमा हालै घुमाउने घर बनाइएको छ। इन्जिनियर सुन्दर पौडेलले नेपाली परम्परागत घर बनाएका हुन्। जापानमा काठका घर विषयमा विद्यावारिधि गरेका पौडेलले नेपाली परम्परागत ढुंगा, माटो, काठको घरलाई आकर्षक रूपमा डिजाइन गरेका छन्। ढुंगा, माटोको प्रयोग गरेर बनाइएको घुमाउने घरको छानो ढुंगाको छ। परम्परागत नेपाली घुमाउने घरको भित्रको डिजाइन जापानी मौलिकता शैलीसँग जोड्दा थप आकर्षक देखिएको छ। नेपाली परम्परागत घरको भित्र जापानी घरको डिजाइनमा सजाएर भुइँ, भित्ता र दलिनमा आकर्षक काठको प्रयोग गरेर चिटिक्क पारिएको छ।

घुमाउने घर दुई तलाको हुन्थ्यो। घरभित्र सुत्ने ठाउँ, खाना पकाउने र आगो ताप्ने अँगेनो हुन्थ्यो। एउटै मुडोको लिस्नो (भर्‍याङ) हुन्थ्यो। माथिल्लो तला राखनधरनका लागि प्रयोग हुने गथ्र्यो।

घरभित्र सुकेको ठूलो रूख सजाएर राखिएको छ। त्यस रूखमा जडान गरिएको बिजुलीको उज्यालोले कोठालाई थप आकर्षक बनाएको छ। दुईतले घरमा एटेच बाथरुम आदि आकर्षक कोठा छन्। नेपाल परम्परागत कलासहितका झ्याल, ढोका, माटोको चुलो, मदुसलगायत परम्परागत सामग्रीले पनि घुमाउने घरको भित्र थप सौन्दर्य थपेको छ। नेपाली परम्परागत घरहरू स्वास्थ्यका दृष्टिकोणले लाभदायिक हुने भएकाले आफू बस्ने गरी घुमाउने घर बनाएको पौडेलको बुझाइ छ। ढुंगा, माटोको प्रयोग र खरका छाना भएका परम्परागत घर गर्मी मौसममा शीतलता दिने र जाडो मौसममा न्यानो हुन्छन्। त्यसैले स्वास्थ्यका दृष्टिकोणले निकै लाभदायिक हुन्छ।

नेपाली परम्परागत घरहरू संरक्षण गर्दै पर्यापर्यटनसँग जोड्ने गरी सरकारले नीति नै बनाउनु पर्ने उनको सुझाव छ। परम्परागत घर संरक्षणकै लागि ढुंगा, माटो र काठको प्रयोग गरेर घुमाउने घर बनाएको उनले सुनाए। आफूले हालसालै बनाएर प्रयोगमा ल्याउँदै गरेको घर विदेशी पर्यटकमात्र होइन, स्वदेशीले पनि निकै मन पराएको उनी सुनाउँछन्। पर्यटकहरू बाहिरबाट घुमाउने घर देखेर रमाउँदै भित्र छिर्छन्। भित्र छिरेपछि झनै चाख पूर्णरूपमा घण्टौं बसेर अवलोकन गर्ने स्थानीयको अनुभव छ।null

घुमाउने घर गाउँघरकै माटो, ढुंगा, काठ र खरले बनाइन्छ। छानो कतै खरको त कतै गाउँ घरकै ढुंगा प्रयोग गरेर बनाइन्छ। यस्ता घर बनाउँदा विदेशका कुनै निर्माण सामग्री ल्याउन पनि नपर्ने हुँदा देशको अर्थतन्त्र बलियो बनाउन पनि सहयोग पुग्छ। रातो माटोले लिपेका र खरले छाएका घरहरू निकै आकर्षक हुन्छन्। हिजोआज भने पोखरामा मुख्य बजारमा यस्ता घुमाउने घर देखिँदैनन्। गाउँमा पनि घुमाउने घर हराउँदै गएका छन्। यो सँगै नेपाली परम्परागत इन्जिनियरिङ प्रविधिमा बनेका मौलिक घरहरू लोप हुने अवस्थामा पुगेका हुन्। कास्की जिल्लामा खरले छायका र ढुंगाले छाएका समेत गरेर मुस्किलले सय जति घुमाउने घर अझै पनि रहेको नेपाली परम्परागत घरको विषयमा अनुसन्धान गरिरहेका पौडेलको भनाइ छ।

घुमाउने घर दुई तलाको हुन्थ्यो। घरभित्र सुत्ने ठाउँ, खाना पकाउने र आगो ताप्ने अँगेनो हुन्थ्यो। एउटै मुडोको लिस्नो (भर्‍याङ) हुन्थ्यो। माथिल्लो तला राखनधरनका लागि प्रयोग हुने गथ्र्यो। माथिल्लो तलामा वर्षभरिका लागि अन्नको जोहो हुने गरी भकारीमा धान, कोदो र कुनियो लगाएर मकै राखिन्थ्यो। स्थानीय ज्ञान र सीप प्रयोग गरी बनाइएका यस्ता घर बलिया पनि हुन्थे। अहिले भने कलात्मक शैलीका झ्याल तथा ढोका र नेपाली मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी, डकर्मीसमेत पाउन मुस्किल पर्दै गएको पौडेल बताउँछन्। यस्ता घरहरूले नेपाली पहिचान र कलाको संरक्षण हुनुको साथै पर्यटक आकर्षण गर्न पनि महत्त्वपूर्ण हुने देखिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.