गर्भपतनसम्बन्धी गलत प्रचार रोक्न नयाँ कार्यक्रम

गर्भपतनसम्बन्धी गलत प्रचार रोक्न नयाँ कार्यक्रम
सुन्नुहोस्

जिल्लास्थित स्वास्थ्य कार्यालय र स्थानीय तह मातहतका अस्पताल, प्राथमिक स्थाथ्य केन्द्र र स्वास्थ्यचौकीमार्फत सरकारले गर्भपतन सम्बन्धी मुल्यमान्यता र व्यवहार रुपान्तरण (भिक्याट) कार्यक्रम सञ्चालन गरेको हो।

उदयपुर : गर्भपतनसम्बन्धी भइरहेका गलत प्रचार र नकारात्मक सोचलाई परिवर्तन गर्न सरकारले नयाँ कार्यक्रम सञ्चालन गरेको छ।

 
जिल्लास्थित स्वास्थ्य कार्यालय र स्थानीय तह मातहतका अस्पताल, प्राथमिक स्थाथ्य केन्द्र र स्वास्थ्यचौकीमार्फत सरकारले गर्भपतन सम्बन्धी मुल्यमान्यता र व्यवहार रुपान्तरण (भिक्याट) कार्यक्रम सञ्चालन गरेको हो। 

कार्यक्रम अन्तरगत पहिलोचरणमा स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, सेवाप्रदायक निकाय, सरोकारवालालाई तीन दिने तालिम दिइएको फोकलपर्सन पार्वती चौधरीले बताइन्।

करिव तीन दर्जन स्वास्थ्यकर्मी, सेवाप्रदायक निकायको उपस्थिति रहेको तालिमको सहजीकरण जिल्ला अस्पतालका डाक्टर मुकेश झा र स्वास्थ्यसेवा निर्देशनालय धनकुटाका अधिकृत तुलसा अधिकारीले दिएकारीले दिएका छन्। 

चौधरीले भनिन्, ‘गर्भपतन रहर नभइ बाध्यता हो भन्ने भनाइलाई स्थापित गर्दै सबै पक्षको सकारात्मक सोचको विकास गर्न तालिमको आयोजना गरिएको हो। गर्भपतन गराउन गएकाहरुलाई सेवाप्रदायक निकायले नकारात्मक दृष्टिकोणले हेरी अफ्ठ्यारोमा पारेर मोटो रकम लिने र गोपनियता भंग गर्ने जस्ता कार्य गरेको पाइएकाले त्यस्ता गतिबिधि रोक्न तालिमबाट सहयोग पुग्ने उनले बताइन्। 

चौधरीले भनिन्, ‘सेवाप्रदायक निकायको पीडा त महिलामा छँदै छ, अझ धेरै घरपरिवार, आफन्त, छरछिमेकलेसमेत घृणित व्यवहार गर्ने, गालीगलौज, अपमानित गर्ने, हेर्ने दृष्टिकोण नकारात्मक बनाउने, तल्लो दर्जाको उपमा दिने गरिन्छ, जुन व्यवहारलाई पुरै सकारात्मक बनाउनु तालिमको लक्ष्य हो।'

‘गर्भपतन भन्नेबित्तिकै समाज र सेवाप्रदायक निकायले हेर्ने दृष्टिकोण नै खराव छ', सहजकर्ता डाक्टर झाले भने, ‘अब त्यसलाई सकारात्मक तरिकाले परिवर्तन गर्दै उनीहरुप्रति माया, स्नेह र सहयोगको भावना जगाउनु पर्दछ।' कार्यक्रममा गर्भपतनसम्बन्धी तथ्यहरु, अनुमान, मिथकहरु, कानुनी व्यवस्था र भइरहेका प्रयासका बारेमा जानकारी दिइएको स्वास्थ्य कार्यालयका अधिकृत रामनरेश ठाकुरले बताए।

उनले भने, ‘गर्भपतनका बारेमा सर्वसाधरणमा चेतना जगाउन नसक्दा धेरैजसो महिलाहरुले इजाजत विना सञ्चालन भएका स्वास्थ्य संस्थाबाट असुरक्षित तवरबाट गर्भपतन गराउने गरेका छन् जसले गर्दा मातृमृत्युदर बढ्दो छ।'

‘स्रोतसाधन सम्पन्न भएर इजाजत पाएका स्वास्थ्य संस्था खाली छन्', स्वास्थ्य कार्यालयका सूचना अधिकारी चिरन्जिवी निरौलाले भने, ‘जसले इजाजत पाएको छैन, दक्ष जनशक्ति छैन त्यस्तो ठाउँमा असुरक्षित तवरबाट गर्भपतन गराउनु भनेको ज्यानको जोखिम मोल्नु हो।' 

‘इजाजतप्राप्त सेवाप्रदायक संस्था जिम्मेवार र सुलभ छन्, सम्भावित जोखिम समाधान गर्नसमेत तयारी अवस्थामा छन्',  निरौलाले भने, ‘तर अधिकांश महिलाहरु त्यस्तो ठाँउमा जाँदा गोपनियता भंग होला र भोलि परिवार र समाजले प्रश्न उठाउला भन्ने डरले महंगो मुल्य तिरेर बाहिर असुरक्षित गर्भपतन गराउन बाध्य छन्, यो बन्द हुन जरुरी छ।'

तथ्यांकले विश्वभर दुई करोड ५० लाख महिलाहरुले असुरक्षित तवरबाट गर्भपतन गराउने र त्यसमा ४४ हजारको मृत्यु हुने गरेको देखाएको छ। त्यसैगरी नेपालमा असुरक्षित गर्भपतन गराउँदा सात दशमलव ९ प्रतिशत मातृमृत्यु दर हुने गरेको तथ्यांकले देखाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.