नमोबुद्ध सप्तरीले जित्यो प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि

नमोबुद्ध सप्तरीले जित्यो प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि

झापा : नमोबुद्ध युवा क्लब सप्तरीले प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि उचालेको छ। 

बिर्तामोडस्थित महेन्द्र ज्योति माविको मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक ‘अल इन वान’ क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि जितेको हो। 

उपाधि जितेसँगै सप्तरीले नगद २ लाख २ हजारसहित ट्रफी पाएको छ। उपविजेता बनेको आयोजक ‘अल इन वान’ ले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफीमा चित्त बुझाएको छ। 

निर्धारित ६० मिनेट खेल एक–एक गोलको बराबरीमा रोकिएपछि खेल टाईब्रेकरमा गएको थियो। 

टाईब्रेकरमा आयोजककी लक्ष्मी श्रेष्ठको प्रहारलाई सप्तरीकी गोल गोलकिपर पूजा रानाले विफल पारेकी थिइन्। त्यस्तै राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी सबिता राना मगरको प्रहार भने गोल पोस्टमा ठोक्किएर फर्किएको थियो। आयोजकको तर्फबाट एलक्स चौधरी र छतरीका चौधरीले गोल गरेकी थिइन्। 

सप्तरीकी रोशनी क्षत्रीले गरेको प्रहार आयोजककी गोल रक्षक एलिसा चौधरीले बचाउ गरे पनि टिम कप्तान सुमित्रा तामाङ, कविता श्रेष्ठ, सलिना राना मगर र राष्ट्रिय टिमकी सदस्य समेत रहेकी रश्मि घिसिङले गोल गरिन्। 

त्यसअघि आयोजकका लागि मेनुका आलेले खेलको ३९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन्। खेलको ४६ औं मिनेटमा सप्तरीले गोल फर्काए। सप्तरीकी रजनी थोकरले गरेको गोलले खेल टाईब्रेकरमा धकेलिएको थियो। 

प्रतियोगितामा आयोजककी सबिता राना मगरले ‘प्लेयर अफ दी टुर्नामेन्ट’ को उपाधि जितिन। उनले नगद ७ हजार र ट्रफी पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक गोल कर्ता सप्तरीकी रजनी थोकरले ‘हाई स्कोरर ’ को उपाधि जितिन्। उनले नगद ६ हजार र ट्रफी पुरस्कार पाइन्।

यस्तै उत्कृष्ट गोल रक्षक सप्तरीकी पूजा थापा, बेस्ट मिडफिल्डर सप्तरीकी रश्मि घिसिङ, बेस्ट डिफेन्स आयोजककी खुस्मा राई र बेस्ट स्ट्राइकर आयोजककी लक्ष्मी श्रेष्ठ घोषित भइन्। 

उनीहरूले जनही नगद ५ हजार र ट्रफी पुरस्कार पाए। यस्तै सप्तरीका अरुण राई प्रतियोगिताको बेस्ट कोच घोषित भए। उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाएकी आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जनले जानकारी दिए। 

प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमले सहभागिता जनाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.