बसले किच्दा बागलुङमा एक पुरुषको मृत्यु

बागलुङ : बागलुङमा बसले किच्दा एक जनाको मृत्यु भएको छ।
बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कमा आइतबार दिउँसो साढे चार बजे ग १ ख ९६२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए।
मृत्तकको पहिचान नखुलेको प्रनाउ केसीले जानकारी दिए। बागलुङबाट पोखरा जानको लागि बस स्टाट गरेर अगाडि बढ्दा पछाडीको चक्काले किचेर घाइते भएका पुरुषलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा पुर्याएपछि अस्पतालले मृत्त घोषणा गरेको प्रनाउ केसीले बताए।
मृत्तक पुरुष अघिपछि पनि बसपार्क वरिपरि देखिँदै आए पनि स्थानीयले नाम र ठेगाना थाहा नभएको बताएपछि पहिचानको खोजी भइरहेको प्रनाउ केसीले बताए।
प्रहरीले बसका चालक पर्वत जिल्ला कुश्मा नगरपालिका–१३ का ४२ वर्षीय दल बहादुर सुनार र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
प्रतिक्रिया दिनुहोस !
