दोस्रो अल्टिमेटम सकियो, सकिएन अनुसन्धान

दोस्रो अल्टिमेटम सकियो, सकिएन अनुसन्धान
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : यती विमान दुर्घटनाको कारणसहितको विस्तृत प्रतिवेदन सार्वजनिक गर्न ४५ दिने अल्टिमेटम सकिएको छ। दुर्घटनाग्रस्त विमानका पार्टपुर्जाको जाँचको प्रतिवेदन नआएकोले सरकारले दिएको समय सक्किँदा पनि अनुसन्धान बाँकी नै रहेको छ।

गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनालगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको थियो। मन्त्रिपरिषद्ले जाँचबुझ गरी दुर्घटनाको कारणसहितको प्रतिवेदन सार्वजनिक गर्न ४५ दिनको समय दिएको थियो। तर, उक्त समयमा पनि आयोगले विस्तृत प्रतिवेदन सार्वजनिक गर्न समय लाग्ने भन्दै सरकारसँग माग गरेको थियो। फेरि गत फागुन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले यती एयरलाइन्स दुर्घटना छानबिन आयोगलाई पुनः ४५ दिने समय थपेको थियो। सरकारले आयोगलाई दिएको ४५ दिनको समय वैशाख १६ गते सकिएको छ।

दुर्घटनाको अनुसन्धान जारी रहेको आयोगले जानकारी दिएको छ। ‘विमान दुर्घटनास्थलबाट जहाजका पार्टपुर्जा जाँचका लागि फ्रान्स पठाइएको छ। त्यहाँबाट रिपोर्ट आउन केही समय लाग्ने देखिन्छ,’ आयोगका एक सदस्यले भने। उनका अनुसार जहाजका प्रोपलर फ्यान, एमएक्ससी बोर्डहरू फ्रान्समा पठाइएको छ। आयोगको प्रतिनिधित्व गर्दै पर्यटन मन्त्रालयका सहसचिव एवं जाँचबुझ आयोगका सदस्य सचिव बुद्धिसागर लामिछाने फ्रान्समा छन्।

आयागले आन्तरिक रूपमा भने अन्तर्वार्ता लिने, आवश्यक अभिलेखहरू संकलनको काम सकेको जनाएको छ। अहिले ती अन्तर्वार्ता र अभिलेखको अध्ययन तथा विश्लेषण गर्ने काम भइरहेको ती सदस्यले बताए।

‘जाँचका लागि थुप्रै काम बाँकी नै छ। उताबाट रिपोर्ट आएपछि त्यसको पनि विश्लेषण गर्नुपर्छ,’ उनले भने। 

ती पार्टपुर्जाका अध्ययन तथा विश्लेषणले  नै घटनाको कारण थाहा हुने उनले जनाए।

नेपालमा दुर्घटना भएको यतीको उक्त जहाजको इन्जिन क्यानडा (प्राक एन्ड ह्विटनी कम्पनी) मा बनेको हो भने एयर फ्रेम (ककपिट, पंखा, पखेटा, टायरलगायत) फ्रान्समा र प्रोपेलर अमेरिकामा बनेको हो। आयोगले सार्वजनिक गरेको दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले दुवै इन्जिन प्रोपेलर फेदरमा जानु घटनाको मुख्य कारण हुन सक्ने शंका गरेको थियो। यस कारण पनि सो सम्बन्धमा थप अध्ययन जरुरी रहेको बताइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १ गते अवतरण गर्ने क्रममा दुर्घटना ग्रस्त भएको थियो।

बाहिरबाट रिपोर्ट नआइसकेको र आन्तरिक रूपमा अनुसन्धान जारी रहेकाले अझै समय लाग्ने देखिन्छ। सदस्यसचिव फ्रान्सबाट फर्किएपछि यती विमान दुर्घटनाको विस्तृत प्रतिवेदन बुझाउन सरकारसँग थप समय मागिने ती सदस्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.