डीआइजीको निर्देशनपछि गाडी नियन्त्रण, गोदाममा पनि छापा

डीआइजीको निर्देशनपछि गाडी नियन्त्रण, गोदाममा पनि छापा
सुन्नुहोस्

झापा : सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दक्षिणी झापाको कचनकवल नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको घटनाको खुलासा भएको छ। 

सो नाकाबाट भन्सार छलेर विगत एक सातादेखि ठूलो परिणामको चाइनिज स्याउ भारत तस्करी भइरहेको सूचना सशस्त्र प्रहरी नेपाल कोसी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले पाए।

सूचना पाएलगतै डीआइजी पोखरेलको निर्देशनमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टले कचनकवल–४ स्थित पूर्वी लोदावारि नाकाबाट आइतबार बेलुका ७ बजेर ४५ मिनेटमा मे १ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको ११५ कार्टुन चाइनिज फुजि स्याउ बरामद गर्‍यो। 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाकाबाट हुने तस्करी नियन्त्रण गर्न कडाइ गर्दै आएका छन्। महानिरीक्षक अर्यालले सीमानाकाबाट हुने तस्करी रोक्न सबै प्रदेश प्रमुख र सीमामा खटिएका सशस्त्रका अधिकृतलाई कडा निर्देशन दिएका छन्। उनले तस्करीमा मिलोमतो देखिए कडा कारबाही गर्ने समेत चेतावनी दिँदै आएका छन्।

फुजि स्याउसहितको गाडी लोदावारि नाकाबाट कादोगाउँहुँदै भारत लैजाने तयारी थियो। दुईवटा गाडीमा स्याउ लोड गरिएको थियो। एउटा गाडी त्यहाँबाट सशस्त्रले भगाइदिएको स्रोतको दाबी छ। गाडीमा कहाँबाट कसरी स्याउ आयो भन्दै डीआइजी पोखरेलले सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापालाई थप अनुसन्धान गर्न लगायो। डीआइजी पोखरेल समेत घटनास्थल पुगे। 

सो घटनबारे डीआईजी पोखरेलले राजश्व अनुसन्धान कार्यालय इटहरीलाई जानकारी गराए।

अनुसन्धानका क्रममा कचनकवल– ४ पूर्वी लोदावारिस्थित जयनारायण साहको गोदाममा ठूलो परिणामको स्याउ रहेको पत्ता लाग्यो। साहको गोदाम सीमा पिलर ११८ र ११९ नजिकै पर्छ। 

राजश्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी साहको गोदाममा छापा मारेर थप ४५६ कार्टुन चाइनिज स्याउ बरामद गर्‍यो। बरामद गरिएको जम्मा ५७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी १५ लाखमा राजश्व बुझाएको डीआइजी पोखरेलले बताए। सशस्त्रले प्रति कार्टुन १७ सय मूल्यांकन तोकेर बुझाएको फुजि स्याउको नेपाली बजार मूल्य ४२ सयदेखि ४४ सय रुपैयाँ पर्छ। 

बिहार अररिया जिल्ला फारबिसगंजका फिरतोस मियाँसँग मिलेर कचनकवलका कारोबारीहरू तिलक,जब्बर,जयनारायणलगायतले स्याउको लाइन (तस्करी) चलाएको स्रोतको दाबी छ। 

जिल्लाको सीमा नाकाबाट भित्र्याइएको खाद्यान्न सामग्री समेत नछाड्ने सशस्त्र र नेपाल प्रहरीले कचनकवल नाकाबाट चाइनिज स्याउको लाइन खुलाएको घटनाले सर्वत्र चर्चा चल्न थालेको छ। 

बिहार अररिया जिल्ला फारबिसगंजका फिरतोस मियाँसँग मिलेर कचनकवलका कारोबारीहरू तिलक,जब्बर,जयनारायणलगायतले स्याउको लाइन (तस्करी) चलाएको स्रोतको दाबी छ। उनीहरूले एउटा कार्टुन भारतबाट कटाए बापत २५० रुपैयाँ कमिसन लिने  गरेका थिए। 

उनीहरूले सशस्त्र प्रहरी बल नेपाल सीमा गुल्म घेरावारिका डीएसपी सुमन शर्मा,सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुक,सीमा प्रहरी चौकी केचनाका सई ऋषिराज कोइरालासँग सेटिङ मिलाउनुका साथै जिल्ला समेतलाई लाइन खर्च बुझाएर काम गरेको स्याउ कारोबारी स्रोतकै दाबी छ। 

यता सशस्त्र डीआइजी पोखरेलले भने,‘स्याउ तस्करीमा मिलेमतो रहेको कुरा बुझ्नमा आएको छ,छानबिन हुन्छ।' राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यका अनुसार सशस्त्रले बरामद गरी स्याउ राजश्वलाई बुझाएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.