धनुषामा टिप्परको ठक्करबाट बालकको मृत्यु, बालिका घाइते

धनुषामा टिप्परको ठक्करबाट बालकको मृत्यु, बालिका घाइते

ढल्केवर(धनुषा) : धनुषामा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्। 

टिप्परको ठक्करबाट धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर सिर्खाटोलका ७ वर्षीय बालक रियान दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही ठाउँ बस्ने ५ वर्षीया राधीकुमारी दनुवार घाइते भएकी हुन्। उनको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ। 

उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ। सोमबार सिर्खाटोलस्थित सडकमा प्रदेश–२–०३–००१ क १६२१ नम्बरको टिप्परले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। 

दुर्घटनापश्चात आक्रोशित स्थानीयले उक्त टिप्परमा ढुङ्गामुढा प्रहार गरेर आगजनीको प्रयास समेत गरेका थिए। स्थानीयको ढुङ्गामुढा प्रहार र आगजनीको प्रयासबाट टिप्परमा क्षति पुगेको छ।

ठक्कर दिने टिप्परका चालक फरार रहेको र उनको खोजतलास भइरहेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.