सामना गुठीद्वारा आवेदन आह्वान
काठमाडौं : बैंकिङ तथा वित्तीय क्षेत्रमा प्रकाशित अनुसन्धानमूलक/विश्लेषणात्म उत्कृष्ट ग्रन्थ (पुस्तक)लाई सामना बैंकिङ पुरस्कार गुठीले पुरस्कृत गर्ने भएको छ।
गुठीले पुस्तक प्रकाशन गरेका लेखकलाई पुरस्कारका लागि आवेदन दिन सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ।
यसैले २०७८ वैशाखदेखि २०७९ चैत्र मसान्तसम्म दुई वर्षमा बैकिङ, पुँजीबजार, बिमा र गैरबैंकिङसम्बन्धी पुस्तक प्रकाशन गरेका लेखलाई पुरस्कृत गर्ने भएको हो। यो सातौं सामना बैंकिङ पुरस्कार हो। सो पुरस्कारको राशि ७५ हजार रुपैयाँ रहेको छ।
यससम्बन्धी ग्रन्थका लेखकले उक्त विषयमा प्रकाशित चार प्रति पुस्तक यही वैशाखदेखि असार मसान्तसम्म पुरस्कारको लागि दिउसो ११ देखि ३ बजेसम्म नेपाल राष्ट्र बैंक पूर्वकर्मचारी संघको कार्यालय बालुवाटार वा विशालनगरको गुठीमा वुझाउन अनुरोध गरिएको छ।