प्रहरी हिरासतबाट फरार अभियुक्त  पक्राउ

प्रहरी हिरासतबाट फरार अभियुक्त  पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जलेश्वर (महोत्तरी) : प्रहरीको हिरासतबाट फरार अभियुक्त पक्राउ परेका  छन् । उपचारको क्रममा जनकपुरबाट फरार रहेका हत्याका अभियुक्त महोत्तरी लोहारपट्टी नगरपालिका- ९ का २१ वर्षीय कृष्णा यादवलाई प्रहरीले पक्राउ गरेको हो।

जलेश्वर नगरपालिका- ३ मलिवारामा लुकिछिपी हिँडिरहेको अवस्थामा प्रहरीले सोमबार राति पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई कैदीबन्दी भागे भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरि थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरी प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए । कारागारमा रहेका यादवलाई प्रहरीको निगरानीमा गत चैत्र २४ गते उपचारको लागि जनकपुरस्थित हाड जोर्नी डाक्टर मनोज प्रसाद गुप्ताको क्लिनिकमा लगेको थियो । त्यहाँबाट यादवले शौच गर्ने बहनामा शौचालय पछाडिको भेन्टिलेसन निकाली सोही स्थानबाट फरार भएका थिए ।

यादवलाई गत भदौ २६ गते जिल्ला अदालत महोत्तरीले अपहरण तथा शरीरबन्धक ,कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्र समेतको मुद्दामा पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको थियो । प्रहरी स्रोतका अनुसार यादवले धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं ७ स्थित माछा बजार बस्ने १६ वर्षीय अजय भन्ने अर्जुन साहको हत्या गरेको प्रहरीले जनाएको छ।

गत साउन २३ गते घरबाट हराई बेपत्ता भएकोमा खोजतलास गर्नेक्रममा  साहको शव लोहारपट्टी नगरपालिका वडा नं ९ भ्रमरपुरा भगवानपुरको भित्रि सडक खण्डमा फेला परेको थियो । प्रहरीले सो अनुसन्धानको क्रममा  यादवले पूर्वयोजना बनाई साहको टेम्पो भाडामा लिइ एकान्त ठाउँमा गई घाँटी हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.