राराको रूपै मोहनी

राराको रूपै मोहनी
सुन्नुहोस्

मुगु : रारा अर्थात् स्वर्गकी अप्सरा। जिल्लाको छायाँनाथ रारा नगरपालिकामा अवस्थित राराताल आन्तरिक तथा बाह्य पर्यटकहरूको मन लोभ्याउने स्थान हो। 

पर्यटन प्रबद्र्धनका लागि पूर्वाधार बन्न सके रारा नै समृद्धिको आधार बन्न सक्छ। समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा छ, रारा ताल। १५.८ स्कायर मिटरमा फैलिएको छ। यसको मुख्य विशेषता भनेकै दिनमा चार/पाँच पटक रूप फेर्छ। 

अहिले रारा पुग्न सडक तथा हवाई यातायातको केही सहजता भएको छ। फुर्सदिलो समय ब्यवस्थापन गर्न रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि पनि भएको छ। पर्यटन क्षेत्रमा रारालाई समृद्धिको आधारका रूपमा लिने गरिन्छ। तर, समस्या एउटै छ– बस्न र खानका लागि होटल तथा रेष्टुरेण्टको अभाव। 

रारा घुम्नका लागि फागुनदेखि जेठ महिना उपयुक्त समय हुन्। नेपालगन्जदेखि हवाई तथा सडक यातायातको माध्यमबाट यहाँ पुग्न सकिन्छ। कच्चीसडक र नियमित हवाई उडान नहुनुले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई केही असहजता हुने गरेको छ। 

रारा ताल क्षेत्रमा अहिले एक मात्र होटल सञ्चालनमा छ। यहाँ पुग्ने जो कोहीले राराको भरपुर आनन्द लिन्छन्। तर, बस्न र खान समस्या भोग्नुपर्ने भएपछि अमिलो मन पारेर पर्यटक फर्किने गरेका छन्।  

अहिले राराको हुटुमा डाँफे होटल सञ्चालन छ। रारा आसपासको माझ घट्ट र सल्लेरी भन्ने स्थानमा केही होटल तथा रेष्टुरेण्टहरू छन्। पर्यटकहरूले खोजेजस्तो सेवा सुबिधा पाउन सकेका छैनन्। सदरमुकाममा बस्नका लागि होटलहरू भए पनि  प्रायः पर्यटकहरू सदरमुकाम आउँदैनन्। 

जे–जस्तो भए पनि राराको डाँफे वा अन्य क्षेत्रका होटलमा बसेर फर्किने गरेको रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष मीनबहादुर रावल बताउँछन्। रारालाई पर्यटन प्रवद्र्धनको समृद्धिको आधार बनाउने हो भने सबैभन्दा पहिला सेवा सुबिधासम्पन्न होटलको व्यवस्थापन तथा हवाई यातायातलाई नियमित र नाग्मा—गमगढी सडक खण्डमा पिच गर्नुपर्ने रावलले बताए।  

राराको लम्बाइ र गहिराइ बढ्यो चौडाइ घट्यो 

राराताल ५ किलो मिटर लम्बाइ ३ किलोमिटर चौडाइको छ। १ सय ६७ मिटर गहिराई भएको यो ताल १५.८ स्कवायर किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सात महिना अगाडि जल तथा मौसम विभागको प्राविधिक टोलीले गरेको अनुसन्धानका आधारमा यो तालको लम्बाइ ५.१ किलोमिटर पुगेको छ। 

चौडाइ ३ किलोमिटरबाट घटेर २.७ पुगेको छ। यसको गहिराई १ सय ६७ बाट दुई मिटर बढेर १ सय ६९ पुगेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले जानकारी दिए। 

नियमित  हवाई भएन 

नियमित हवाई उडान र भरपर्दो सडक यातायातका कारण  यहाँ आउने आन्तरिक पर्यटकको संख्या दोब्बरले घटेको छ। गएको आर्थिक वर्षमा रारा आउने आन्तरिक पर्यटकहरूको संख्या ११ हजार ४ सय ५१ पुगेको थियो। 

त्यो आवमा सार्क मुलुकका १५ र अन्य देशका ८४ जना पर्यटक रारा पुगेको रारा राष्ट्रिय निकुञ्जको तथ्यांकमा छ। यो आर्थिक वर्षको चैत महिनाको अन्तसम्म रारा आउने आन्तरिक पर्यटकको संख्या  ४ हजार ६ सय १३ पुगेको छ। 

यही आवमा सार्क मुलुकबाट २१ र अन्य देशका १ सय ३२ जना विदेशी पर्यटक पुगेका छन्। 

यो आर्थिक वर्षमा रारा आउने पर्यटकको संख्या कम हुनुको मुख्य कारण असोजमा बर्षातले सडक सञ्जालमा पुर्‍याएको क्षति हो। नेपालगन्जदेखि मुगुको रारा विमानस्थलमा नियमित हवाई उडान नभएका कारणले पनि यो बर्ष आन्तरिक पर्यटक घटेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख बिश्वबाबु श्रेष्ठले बताए।

होमस्टे बनाउने कि ?

अहिले ताल क्षेत्रमा एक मात्र होटल छ। जसोतसो गरेर यो होटलले सेवा दिएको छ। यहाँ ३ देखि ५ वटा होटल सञ्चालन हुनुपर्ने सरोकारवालाहरू बताउँछन्। त्यसका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने व्यवसायी बताउँछन्। 

रारा आसपासका, मुर्मा, झयारी, टोप्ला, ताल्चा गाँउलाई होमस्टेको अबधारणामा लैजानुपर्ने छायाँनाथ रारा नगरपालिका–९ का वडा अध्यक्ष बिर्ख रोकायले बताए। छायाँनाथ रारा नगरपालिकाका मेयर बिष्णुकुमार भाम राराको पर्यटन प्रबद्र्धनका लागि नगरपालिकाले नीति तथा कार्यक्रम नै बनाएको बताउँछन्। 

उक्त कार्यक्रममा रारा पुग्ने पर्यटकका लागि बस्ने व्यवस्थापनका लागि माझघट्ट, लामाचौर, ताल्चा र सल्लेरीमा होमस्टे, ताल्चामा कोसेली घरको निर्माण, व्यवस्थित पार्किङ, पर्यटक प्रहरी ताल छेउ किनारमा व्यवस्थित बस्ने स्थान फोहोर ब्यवस्थापनमा बजेट बिनियोजित गरेको उनले बताए। तर, निकुञ्जको ऐन नियमका कारणले काम गर्न सहज नभएको भामले बताए। 

प्रचारको कमी  

रारा तालको प्रचारप्रसार तथा पर्यटन प्रवद्धनका लागि तत्कालीन  जिल्ला विकास समितिले दुईपटक रारा महोत्सवको आयोजना गर्‍यो। ०७५ वैशाख १ गते कर्णाली प्रदेश सरकारले कर्णाली पर्यटन वर्षको शुभारम्भ राराबाटै गरेको थियो। त्यसको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। 

तर, त्यसको पाँच वर्ष बितिसक्दासमेत राराको पर्यटन प्रवद्र्धनका लागि तीनवटै तहका सरकारले खासै चासो नेदखाएको नागरिक समाजका अगुवा रूपबहादुर मल्लले बताए। 
विकास निर्माणका कुरा परै जावस रारा क्षेत्रभित्र होटल व्यवस्थापन गर्न नसक्ने सरकारबाट राराको बिकास होला भन्ने कुनै खाले आसानै नभएको पत्रकार महाँसघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल बताउँछन्।  

सिरानीमा सुनको डल्लो 

मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा भन्छन्, ‘सुनको डल्लो सिरानी हालेर मुगाली बसेका छन्। तर, सोचे अनुसारको फाईदा लिन सकेका छैनन्। रारामा व्यवस्थित होटल छैनन्। बाहिरबाट आउने पर्यटकहरू रारामा होटल छैनन् भन्ने थाहा पाएपछि बीचबाटोमै बस्ने गरेका छन। बिहान रारा पुगेर बेलुका उही स्थानमै फर्किने गरेका छन्।’

रारामा होटल नभए पनी सदरमुकाम गमगढीमा पछिल्लो समय व्यवस्थित होटलहरू सञ्चालनमा छन्। रारा आउने पर्यटकहरूलाई एक रात भए पनि सदरमुकाम गमगढीसम्म बस्ने वातावरण मिलाउन सक्ने हो भने पनि यहाँका सर्वसाधारणहरूका रोजगारीको ठूलो सम्भावना छ। 

कुनै निकायले रारा आउने पर्यटकहरूलाई सदरमुकामसम्म पुग्ने वातावरण सिर्जना गर्न नसक्दा सुनको डल्लो सिरानीमा राखी  हातमा शून्यको अवस्थामा यहाँका बासिन्दा छन्। सदरमुकामसम्म पुग्ने सडक यातायात पिच भए पनि पर्यटकहरू सदरमुकामसम्म पुग्न सक्ने अवस्था थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.