बझाङमा यार्सा टिप्न गएका थप एक पुरुषको कठ्याङ्ग्रिएर मृत्यु

बझाङमा यार्सा टिप्न गएका थप एक पुरुषको कठ्याङ्ग्रिएर मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बझाङ : यार्सागुम्बा संकलन गर्न  बझाङको हिमाली क्षेत्रमा गएका थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मंगलबार यार्चागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेलामा चिसोले कठ्याङ्ग्रिएर बाटोमै मृत्यु भएको हो ।

बोहरा यार्सागुम्बा संकलन गर्न चुफी वनतिर गएका थिए । चुफी वनबाट मंगलबार हिमपात भइरहँदा घर फर्किंदै गर्दा तितापानी भन्ने स्थानमा चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको स्थानीयले बताएका छन् ।  

उनको मृत्यु भएको खबर प्राप्त भएको र यस विषयमा थप अनुसन्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  यसअघि सोमबार मत्रै सुर्मा गाउँपालिकाकै वडा नं ५ सैन गाउँका ३३ वर्षीय कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको थियो । मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवि बोहरा मंगलबार हिमपहिरोमा परेर बेपत्ता भएकी छन् । 


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.