एमाले बाहेक कम्युनिष्ट दलहरूको समाजवादी केन्द्र बन्दैछ : माधव नेपाल

एमाले बाहेक कम्युनिष्ट दलहरूको समाजवादी केन्द्र बन्दैछ : माधव नेपाल
फाइल तस्बिर।

वीरेन्द्रनगर : नेपाल कम्युनिष्ट पाटी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले बाहेकका नेपालका कम्युनिष्ट शक्तिहरूबीचको एकता प्रक्रिया थालनी भइसकेको बताएका छन्।

एकीकृत समाजवादीले सुर्खेतमा आयोजना गरेको संगठन सुदृढीकरण विशेष अभियानको समीक्षा तथा कार्ययोजना कार्यान्वयन भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमालेबाहेका कम्युनिष्ट शक्तिहरूबीचको एकताका लागि छलफल भइरहेको बताएका हुन्।

नेपालले भने,'नेकपा एमाले बाहेकका नेपालका सबै कम्युनिष्ट पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढिसकेको छ । हामी नेकपा माओवादी केन्द्रलगायतका दलहरू मिलेर समाजवादी केन्द्र बनाउने तयारीमा छौँ । ढिलो चाँडो नेपालमा समाजवादी केन्द्र बन्छ । त्यो केन्द्र नेपालको बलियो राजनीतिक शक्ति र जनताको भरोसा गर्न लायक दल बन्छ । त्यसका लागि व्यापक रुपमा तयारी भइरहेको छ । नेपाली राजनीतिमा आएको जनताको वितृष्णालाई आशामा बदल्नेछ । '

अध्यक्ष नेपालले बाम लोकतान्त्रिक गठनबन्धन पाँच वर्षसम्म निरन्तर जाने ठोकुवा गरे।  भने,'नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादीलगायतका परिवर्तनकारी राजनीतिक दलहरू मिलेर बनेको बाम लोकतान्त्रिक गठबन्धन पनि अर्को निर्वाचनसम्म निरन्तर जान्छ। '

उनले नेपाली जनताले संघर्ष गरेर ल्याएको परिवर्तन उल्ट्याउनका लागि गठबन्धन टुटाउन केही शक्तिहरू लागिपरेको आरोप लगाए । उनले भने,'यो सम्भव हुँदैन । यहिले चलिरहेकै गठबन्धन अर्को निर्वाचनसम्म पुग्छ । यसै गठबन्धनले संविधानको रक्षा,संघीयताको सफल कार्यन्वयन र जनताको विकास र समृद्धिको सपना पूरा गर्छ ।'

भेलामा एकीकृत समाजवादी पाटीका केन्द्रीय महासचिव घनश्याम भुसालसहित एकीकृत समाजवादीका प्रदेशस्तरका नेता तथा सबै जिल्लाबाट नेतृत्वहरुको सहभागीता छ । भेलामा  संगठन बलियो बनाउन संगठन सुदृढिकरण तथा विस्तार अभियान थप प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको नेकपा एकीकृत समाजवादी कालिकोटका उपाध्यक्ष चित्रसिंह गाउँलेले जानकारी दिए ।

null

नेकपा एकीकृत समाजवादीले सुर्खेतमा आयोजना गरेको समीक्षा तथा कार्ययोजना कार्यान्वयन भेलामा सहभागी नेताहरू । तस्बिर : बिस्नप्रसाद न्यौपाने 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.