'प्रिक्सा टेक्नोलोजी'लाई आईसीटी अवार्ड

छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मन्त्रालयले प्रिक्सालगायतका संस्थालाई सम्मान गरेको थियो।
काठमाडौं : सूचना र सञ्चार मन्त्रालयले प्रिक्सा टेक्नोलोजीलाई आईसीटी अवार्डद्वारा सम्मान गरेको छ। सूचना प्रविधि क्षेत्रमा नवीनतम काम गरेको भन्दै प्रिक्सालाई मन्त्रालयले सम्मान गरेको हो।
छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मन्त्रालयले प्रिक्सालगायतका संस्थालाई सम्मान गरेको थियो।
प्रिक्सा टेक्नोलोजीले रिरि, नेपाली भाषा संवादात्मक प्लेटफर्म र गिगा स्केल बनाएको छ। 'हामी राष्ट्रिय आईसीटी इनोभेसन अवार्ड प्राप्त गर्न पाउँदा हर्षित भएका छौं,' प्रिक्सा टेक्नोलोजीका सीईओ मनिष के शर्माले भने।
प्रतिक्रिया दिनुहोस !
