प्रथम जेसिज कपको उपाधि श्री मेहर गणलाई

प्रथम जेसिज कपको उपाधि श्री मेहर गणलाई
सुन्नुहोस्

बागलुङ : प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको श्री मेहरगण घोडाबाधे ब्यारेकले जितेको छ। 

बागलुङ जेसिजले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा शुक्रबार श्री मेहर गणले वीर गोर्खाली युवा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो। 

श्री मेहरलाई उपाधि दिलाउनका लागि खेलको ३० औं मिनेटमा कप्तान पितम्बर घर्ती मगरले गरेको गोल नै निर्णय बन्यो। गोर्खालीका गोलकिपर अफ्रिन खेलाडी कौसाइ अगाडि बढेको अवस्थामा प्रकाश निरौलाले हेडिङ मार्फत दिएको पासलाई कप्तान घर्तीले गोल गरेको थिए।

त्यस अगाडि खेलको २३ औं मिनेटमा गोर्खालीले अग्रता बनाउने मौका गुमाएको थियो। गोर्खालीका मिलन साङत्यानले डिबक्स बाहिरबाट प्रहार गरेको बललाई श्री मेहरका डिफेन्डर खुम कटुवालले गोललाइनबाट बचाएका थिए। 

खेलको २४ औं मिनेटमा श्री मेहरका दिशान्त राईको उत्कृष्ट कर्नर बललाई गोर्खालीका गोलकिपर कौसाइले बचाएका थिए।

पहिलो हाफमा १ गोलले पछि परेको गोर्खालीले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि खेर फालेको थियो। खेलको ६६ औं मिनेटमा गोर्खालीका निश्चल बस्नेतको हेडिङ प्रहार श्री मेहरका गोलकिपर विप्लप गुरुङले बचाए भने ७३ औं मिनेटमा पेनाल्टी बक्सबाट मिलन साङत्यानको प्रहार पोष्ट माथिबाट बाहिरियो।

उपाधि जितेको श्री मेहर गणले नगद १ लाख ५० हजार र उपविजेता गोर्खाली युवा क्लबले ७५ हजार, ट्रफी र मेडल प्राप्त गरेका छन्। 

प्रतियोगितामा विधागत पुरस्कार तर्फ गोर्खालीका खेलाडीहरुको बर्चश्व रह्यो। प्रतियोगिताको गोर्खालीका कप्तान सन्जिव अर्याल सर्वोत्कृष्ट खेलाडी, सशिल थापा मगर उत्कृष्ट स्ट्राइकर, एलेक्स उत्कृष्ट मिडफिल्डर, जोन उत्कृष्ट डिफेन्डर, श्री मेहर गणका विप्लप गुरुङ उत्कृष्ट गोलरक्षक बन्दै पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा ५ गोल गरेर चिल्ड्रेन लाइफ स्पोर्ट्स क्लबका जोन ग्लोरी सर्वाधिक गोलकर्ता बने। कालिपुल युनाइटेड क्लब बेनीले अनुशासित टिमको उपाधि जित्यो। 

क्वाटरफाइनल खेलमा भीमापोखरा खेलकुद विकास समिति विरुद्ध श्री मेहर गणका विकास मगरले गरेको गोल प्रतियोगिताकै सर्वोत्कृष्ट गोल बन्दै पुरस्कार प्राप्त गरे।

प्रतियोगिताका विजेता टिम र खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा साविकको धौलागिरी अञ्चलका चार जिल्ला (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ)का ११ टिमको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.