गोरखा नगरपालिकामा गठबन्धनका मुख्य दलबीच विवाद, कार्यपालिका बैठकमा सहभागी नहुने

गोरखा नगरपालिकामा गठबन्धनका मुख्य दलबीच विवाद, कार्यपालिका बैठकमा सहभागी नहुने
गोरखा नगरपालिकाका उपमेयर लगायतका कार्यपालिका सदस्यहरुले आयोजना गरेको पत्रकार सम्मेलन ।
सुन्नुहोस्

घटनाको बारेमा मेयर रानालाई जानकारी गराई उनलाई निस्काशन गर्न अनुरोध गर्दा मेयरले अन्देखा गरेको उनले गुनासो गरिन् ।

गोरखा : गोरखामा सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र माओवादी केन्द्रबीच विवाद चुलिएको छ । माओवादी केन्द्रबाट निर्वाचित गोरखा नगरपालिकाका मेयर कृष्ण राना र कांग्रेसबाट निर्वाचित उपमेयर सपना पुनसहितका कार्यपालिका सदस्यहरु बीच तनाव सिर्जना भएको हो ।

मेयर रानाका स्वकीय सचिव अनिष अर्याल(ज्याक)ले नगर कार्यपालिका कार्यालयभित्र र बाहिर पनि गुण्डागर्दी गरेको भन्दै उपमेयरसहितका कार्यपालिका सदस्यहरुले विरोध गरेपछि दुई पार्टीबीच विवाद चुलिएको छ । उपमेयर र कार्यपालिका सदस्यहरुले शुक्रबार पत्रकार सम्मेलन गरी मेयर रानाले स्वकीय सचिव ज्याक अर्याललाई नगरपालिका कार्यालयभित्र गुण्डागर्दी गर्न छाडा छाडेको आरोप लगाए ।

‘मेयर जस्तो मर्यादित व्यक्तिको स्वकीय सचिवले नगरपालिकाको सरकारी नम्बरप्लेटको मोटरसाइकल चढेर द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीलाई कुटपिट गरे। क्याम्पसको अफिस तोडफोड गरे। पार्टीको संरक्षणले कसैले कारबाही गर्न सकेन । मेयरसावले करेक्शन गराउनु होला भन्ने सोच्यौँ, गराउनु भएन’, उपमेयर सपना पुनले पत्रकार सम्मेलनमा भनिन्, ‘फेरि गत वैशाख ११ गते शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्रबहादुर खड्काको कार्यकक्षमा प्रवेश गरी शिक्षक छनौट समितिको फाइल च्यात्न खोजे । अपशव्द बोल्दै दुर्व्यवहार गरे । चन्द्र सर र भरतकाजी अर्याल सरले समातरे बाहिर निकाल्नुभयो । त्योभन्दा अघि पनि यस्ता घटना बारम्बार हुने गरेको छ । आवश्यकता अनुसार सार्वजनिक गर्दै जानेछौं।’ 

घटनाको बारेमा मेयर रानालाई जानकारी गराई उनलाई निस्काशन गर्न अनुरोध गर्दा मेयरले अन्देखा गरेको उनले गुनासो गरिन् ।

‘बारम्बार गुण्डागर्दी गर्ने पिएलाई निश्कासन गर्नुपर्ने माग राख्दै नगरपालिकाका ४६ जना कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएको हो तर हाकिमसावले सक्दिन भन्नुभयो । अनि हामी कार्यपालिका सदस्यले पनि गुण्डागर्दी गर्ने पिएलाई निकाल्नु पर्छ भनेर मेयरसाबलाई आग्रह गर्दा निकाल्दिन, सकेको गर्नू भनेर चुनौति दिनुभयो’, वडा नं. १२ का अध्यक्ष दिलबहादुर थापाले भने, ‘उनको डरले कर्मचारीहरु कार्यकक्षमा बसेर काम गर्न डराउँछन् । दुर्व्यवहार गर्छन्, कुट्छन्, भनेर कर्मचारी अलि अबेरसम्म बसेर काम गर्न सक्दैनन् । यस्ता पिएलाई निकाल्नुपर्छ भन्ने हाम्रो बटमलाइन हो । ननिकालेसम्म हामी कार्यपालिकाको बैठकमा सहभागी हुदैनौँ ।’ कार्यपालिका र कर्मचारीलाई भन्दा गुण्डागर्दी गर्ने स्वकीय सचिवलाई काखी च्यापेको उनको भनाइ छ ।

गठबन्धन छ भन्दैमा गुण्डागर्दीलाई माफी दिन नसक्ने वडा नं. २ का अध्यक्ष रहमतुल्ला मियाँले दाबी गरे । ‘गठबन्धन छ भन्दैमा सधैंको गुण्डागर्दीलाई सहन सकिन्नँ’, उनी भन्छन्, ‘हामीले अहिलेसम्म कुनै काममा बाधा अड्चन गरेका छैनौँ तर ज्याकलाई निश्कासन गर्ने यो बटम लाइन छोड्न सक्दैनौं । उसलाई नहटाएसम्म हामी कार्यपालिका बैठकमा सहभागी हुँदैनौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.