सिद्धान्तबिनाको सिक्वेल लेखन

समालोचना

सिद्धान्तबिनाको सिक्वेल लेखन

नेपालीमा छिटफुट रूपमा सिक्वेल लेखन भइरहेको देखिन्छ। खास सिद्धान्त र प्रक्रिया नभएको सिक्वेल लेखन कसै आवश्यकता बोध यस प्रविधिको प्रयोग गरेका छन्। कसैले भने लहडबाजीमा प्रयोग गरेको पाइन्छ।

वर्तमानमा ‘सिक्वेल’ शब्द चलचित्रका क्षेत्रमा व्यापक रूपमा प्रयुक्त देखिन्छ। कुनै लेखकलाई आफ्नो पूर्वप्रकाशित कृति अपूर्ण लागे अथवा त्यस सन्दर्भका आफ्ना धारणा समयसापेक्ष रूपमा पुष्टि गर्ने रुचि जागेर नयाँ कृतिको सिर्जना गर्नु नै सिक्वेल लेखन हो। अर्काेतिर अग्रज लेखकका कुनै लोकप्रिय कृतिप्रति आकर्षित भएर त्यसैका आधारमा अनुज लेखकले आफ्नो रुचिअनुरूप नयाँ कृतिको सिर्जना गर्नु पनि सिक्वेल लेखन हो।

सिक्वेल शब्दका लागि खास नेपाली शब्द नभएकाले यसलाई क्रमबद्ध लेखन, क्रमिक लेखन, शृंखलात्मक लेखन तथा धारावाहिक लेखन पनि भन्न सकिन्छ। नेपाली सन्दर्भमा धारावाहिक लेखनको चर्चा यदाकदा भएको पाइए पनि वर्तमानमा प्रचलित धारावाहिक लेखन संकुचित अर्थमा प्रयुक्त देखिन्छ। नेपालीमा विशेषतः धारावाहिक लेखन भनेको कुनै सिंगो कृतिलाई खण्डखण्ड गरी क्रमिक रूपमा पत्रिकामा प्रकाशन गर्नु भन्ने बुझिन्छ। पूर्व र पश्चिम दुवैतिर स्पष्टतः सिक्वेल लेखनको कुनै विशेष सिद्धान्त र प्रक्रिया स्थापित भएको छैन। यति हुुँदाहुँदै पनि सिक्वेल लेखन दुवैतिर भइरहेका छन्। यसलाई कतिपयले आवश्यकता बोध गरेर लेखेका छन् भने कतिपयले लहडबाजीमा पनि लेखेका छन्। कुनै साहित्यकारले प्रयोगशीलतालाई आत्मसात् गर्न पनि सिक्वेल लेखन गरेको पाइन्छ।

सिक्वेल लेखनको चर्चा वर्तमानमा हुन थाले पनि पूर्वीय साहित्यमा वाण भट्टका छोरा भूषण भट्ट अर्थात् पुलिन्द भट्टले प्रयोगमा ल्याइसकेको प्रविधि हो। वाण राजा हर्षवर्धनको दरबारिया कवि मानिन्छन्। संस्कृत साहित्यमा वाणको ‘कादम्बरी’ शीर्षक गद्यकृतिको उत्तरभाग उनका छोराले लेखेका हुन्। विश्वसाहित्यकै पहिलो उपन्यासका रूपमा चर्चित यो गद्यात्मक कृति वाणको जीवनकालमा पूरा हुन सकेन। त्यसैले उनका छोरा भूषण अर्थात् पुलिन्दले पूरा गरेको उल्लेख पाइन्छ। कृति पूरा गर्ने क्रममा पुलिन्दले पिता वाणद्वारा लिखित भागलाई ‘पूर्वभाग’ र स्वयंद्वारा लिखित भागलाई ‘उत्तरभाग’ नाम दिएका छन्। संस्कृत साहित्यको कालजयी कृतिका रूपमा प्रसिद्धि पाएको ‘महाभारत’ पनि धेरै लेखकद्वारा लेखिएको सिक्वेल लेखन नै मानिन्छ।

पूर्वमा मात्र नभएर पश्चिमी साहित्यमा पनि सिक्वेल लेखनको परम्परा छ। अंग्रेजीका ‘ह्यारी पोर्टर’, ‘द हंगर गेम्स’, ‘लर्ड अफ द रिङ्स’जस्ता कृति सिक्वेल लेखनका उदाहरण हुन्। यसका अतिरिक्त अघिल्ला लेखकका थुप्रै कृतिलाई पछिल्ला लेखकले सिक्वेलका रूपमा लेखेको पाइन्छ। नेपाली साहित्यमा सिक्वेलको प्रचलन त्यति नपाइए पनि केही समययता अगिल्लो कृतिलाई आधार मानेर दोस्रो कृति लेख्ने प्रचलन छिटफुट रूपमै भए पनि देखा परिरहेका छन्। नेपाली साहित्यमा प्रयोगमा आएका सिक्वेल लेखन मुख्य रूपमा दुई प्रकारका छन्। यसको पहिलो प्रकारमा लेखकद्वारा पूर्वप्रकाशित कृतिको सिक्वेल लेखन गरेको पाइन्छ भने दोस्रो प्रकारमा पूर्ववर्ती लेखकको पूर्वप्रकाशित कृतिको सिक्वेल लेखन पछिल्ला लेखकले गरेको देखिन्छ।

पूर्वमा मात्र नभएर पश्चिमी साहित्यमा पनि सिक्वेल लेखनको परम्परा छ। अंग्रेजीका ‘ह्यारी पोर्टर’, ‘द हंगर गेम्स’, ‘लर्ड अफ द रिङ्स’जस्ता कृति सिक्वेल लेखनका उदाहरण हुन्। यसका अतिरित्ताm अघिल्ला लेखकका थुप्रै कृतिलाई पछिल्ला लेखकले सिक्वेलका रूपमा लेखेको पाइन्छ।

आफ्नै पूर्वप्रकाशित कृतिको प्रत्यक्ष–परोक्ष रूपमा सिक्वेल लेखेका कृतिहरूमा ध.च. गोतामे    ‘घामका पाइलाहरू’ तथा ‘यहाँदेखि त्यहाँसम्म’, वानीरा गिरिका ‘कारागार’ तथा ‘निर्बन्ध’, ब्रजेश खनालको ‘यायावर’ तथा ‘जुनेली’, शरद पौडेलका ‘लिखे’ तथा ‘तपन’, सुबिन भट्टराईका ‘समर लभ’ तथा ‘साया’लगायत थुप्रै कृतिलाई उदाहरणका रूपमा लिन सकिन्छ। उपन्यासकार धनुषचन्द्र गौतमले दुई उपन्यासलाई सिक्वेल भनेर उल्लेख नगरे पनि ‘घामका पाइलाहरू’को समाप्तिपछिको प्रसंगबाट ‘यहाँदेखि त्यहाँसम्म’ उपन्यासको प्रारम्भ गरेका छन्। ‘घामका पाइलाहरू’मा उल्लिखत सहभागीहरू यहाँदेखि त्यहाँसम्म उपन्यासमा पनि उपस्थित छन्।

वीरगन्जबाट केही समय आफ्नो गाउँ मुर्कीपलिया फर्किएपछि गाउँका विविध पक्ष÷सन्दर्भबारे जानकारी पाएको घामका पाइलाहरूमा उल्लिखित पवननामक पात्रलाई उनले माध्यम बनाए। उपन्यासकारले पहाडी समुदायका मानिसको बसोबास भएको तराईको गाउँको सामाजिक, सांस्कृतिक आर्थिक एवं राजनीतिक सन्दर्भहरूको स्वाभाविक एवं जीवन्त चित्रण यहाँदेखि त्यहाँसम्म उपन्यासमा गरेका छन्। यी दुई उपन्यासका कथा र परिवेश फरकजस्तो देखिए पनि यिनलाई उनको सिक्वेल नै मान्न सकिन्छ।

दुई व्यतिरेकी भाव वहन गर्ने ‘कारागार’ र ‘निर्बन्ध’ शीर्षक वानीराका दुई उपन्यास प्रत्यक्ष रूपमा सिक्वेल नभनिए पनि यी सिक्वेल लेखनका उत्कृष्ट नमुना हुन्। कारागारकै कथावस्तुलाई निरन्तरता दिइएको छ। कारागारको प्रमुख पुरुष पात्रलाई निर्बन्धमा नेपथ्यमा प्रस्तुत गरिएको छ। कथ्य, चरित्र, संरचना आदिका दृष्टिले यी दुवै भिन्न र स्वतन्त्र उपन्यासका रूपमा देखा परेका छन्। एउटै विषयलाई क्रमिक रूपमा प्रस्तुत गर्दै तिनै पात्रका माध्यमबाट स्वतन्त्र र भिन्न औपन्यासिक संरचनाको निर्माण नेपाली उपन्यासमै विशिष्ट र मौलिक प्रस्तुतिका रूपमा देखा परेको छ।

ब्रजेश खनालको ‘यायावर’ उपन्यासकै आधारमा ‘जुनेली’ उपन्यासको कथा अघि बढेको छ भने ‘यायावर’ उपन्यासकी पात्र जुनेली नै ‘जुनेली’ उपन्यासमा चित्रित छ। जुनेलीले यायावर उपन्यासमा चित्रित आफ्नो चरित्र चित्रण अपूर्ण भएकाले नै कथा पूरा गरिदिने आग्रह गर्दै आफ्ना सारा कथा बताएको सन्दर्भले यी दुई कृतिलाई सिक्वेल लेखन मान्न सकिन्छ। अझ जुनेली उपन्यासले सिक्वेलका रूपमा अर्को उपन्यास लेख्न सकिने सम्भावनातर्फ पनि सङ्केत गरेको छ। शरद पौडेलको ‘लिखे’ शीर्षक उपन्यासमा उल्लिखित लिखेनामक पात्र भारतबाट नेपाल फर्केपछि उसले लिखेले के ग¥यो त ? भन्ने प्रश्नहरूले ‘तपन’ उपन्यास जन्मिएको भनाइ उपन्यासकारको छ। लिखेमा अभाव भएको यसका कतिपय सन्दर्भलाई तपनमा समेटिएको देखिन्छ। यसका अतिरिक्त यी दुईका अर्काे सिक्वेल पनि सिर्जना हुन सक्ने स्थिति पनि छ। 

नेपाली साहित्यका कतिपय पछिल्ला लेखकले पूर्ववर्ती लेखकको पूर्वप्रकाशित कृतिको प्रत्यक्ष तथा परोक्ष रूपमा सिक्वेल लेखेको पाइन्छ। सुप्रसिद्ध नाटककार गोपालप्रसाद गोपालप्रसाद रिमालद्वारा लिखित अत्यन्त चर्चित नाट्यकृति ‘मसान’को ‘उपसंहार’मा उल्लिखित भाव एवं परिस्थितिलाई आधार मानेर गेहनाथ गौतमले मसानको उत्तरवर्ती नाटकका रूपमा ‘उत्तर मसान’ शीर्षक नाटकको सिर्जना गरेका छन्। मसान नाटकमा मूल सहभागीका रूपमा रहेकी युवती अर्थात् हेलेनको गृहत्यागपश्चात् मसानको उपसंहारमा घर छोडेर हिँडेकी वाग्मती लेखककहाँ नोकरी गर्न आएको, युवतीको कुनै पत्तो नभएको जस्ता सन्दर्भ छन्। यी सबै उल्लेख गर्दै अरू कुरा थाहा पाएपछि अर्काे नाटक लेख्न सकिने संकेत गरिएको छ। रिमालद्वारा अभिव्यक्त यिनै संकेतलाई आधार मानी गेहनाथले उत्तर मसान नाटक लेखेका हुन्।

रिमालकृत नाटक मसानको कथालाई पछ्याउँदै लेखिएको उत्तर मसान नाटकको कथावस्तुमा चाहिँ कृष्णले दुलहीकी बहिनी अर्थात् सालीसँग बिहे गरे पनि उसले समेत विद्रोह गरेर घर छाडेको आदि देखाएका छन्। लोग्नेले दिएको यातना र तनावलाई खप्न नसकी कृष्णकी बहिनी सधैंका लागि माइत आएर बसेकी छ। प्रजातन्त्रको आगमनपछि जनतामा देखिएको सुधारात्मक अपेक्षाको प्रस्तुति पनि यस नाटकमा भएको छ। गोविन्दराज भट्टराईको उपन्यास ‘सुकरातका पाइला’लाई आधार मानेर धनराज गिरीद्वारा तयार पारिएको ‘अनन्त पाइला’ शीर्षक उपन्यासलाई पनि सिक्वेल लेखनकै रूपमा चर्चा गरिन्छ। यसैगरी नारायण वाग्लेको ‘पल्पसा क्याफे’ उपन्यासलाई पछ्याउँदै भवानी क्षत्रीले एउटा लामो कथा सिर्जना गरेकी छन्।

माथि चर्चा गरिएबाहेक गुरुप्रसाद मैनालीका चामे, गौंथली, जुठेजस्ता पात्रलाई लिएर इन्द्रबहादुर राईले ‘कठपुतलीको मन’ शीर्षक कथा सिर्जना गरेका छन्। कृष्ण धरावासीले अग्रज लेखकद्वारा लिखित ‘बसाइँ, ब्रह्मपुत्रको छेउछाउ, मुग्लान, नोयो, डाकबंगला, भ्रमर, टिस्टादेखि सतलजसम्म, मुलुकबाहिर, गंगा, ज्यागा’जस्ता थुप्रै उपन्यास एवं इन्द्रबहादुर राईको ‘जयमाया आपूmमात्र लिखापानी आइपुगी’ शीर्षक प्रसिद्ध कथाका थुप्रै पात्रलाई लिएर ‘शरणार्थी’ उपन्यासको सिर्जना गरेका छन्।

इन्द्रबहादुर राईकी जयमाया एवं प्रकाश कोविदकी नोयो नामक पात्रका केन्द्रीयतामा अगि बढाइएको शरणार्थी उपन्यासमा जयमाया र नोयोका कथा सिक्वेल लेखनजस्तो देखिए पनि ती कृतिमा उल्लिखित पात्र उपयोगको अभीष्ट सिक्वेल लेखन नभएर प्रयोगशीलताप्रतिको आकर्षण देखिन्छ। अविनाश श्रेष्ठले पारिजातको चर्चित उपन्यास ‘शिरीषको पूmल’को मुख्य सहभागी सुयोगवीरसँगको काल्पनिक संवादलाई दृष्टिकोणसहित स्वैरकल्पनात्मक ढंगले ‘अस्तित्व’ शीर्षक दिई कथात्मक संरचना प्रदान गरेका छन्। यसखाले कृतिमा सिक्वेल लेखनको झझल्को देखिए पनि ती सिक्वेल नभएर प्रयोगधर्मिताका लागि अपनाइएका प्रविधिमात्र हुन्।

नेपालीमा छिटफुट रूपमै भए पनि सिक्वेल लेखन भइरहेको देखिन्छ। खास सिद्धान्त र प्रक्रिया नभएको सिक्वेल लेखन कसै आवश्यकता बोध यस प्रविधिको प्रयोग गरेका छन् भने कसैले लहडबाजीमा प्रयोग गरेको पाइन्छ। अर्काेतिर केही लेखकले अत्यन्त सचेततापूर्वक यस विधिको प्रयोग गरेका छन्। जसले जुन अभीष्टले प्रयोग गरेको पाइए पनि नेपालीमा सिक्वेल लेखनका माध्यमबाट कतिपय उल्लेखनीय र सशक्त कृति पनि सिर्जना भएका उदाहरण भेटिन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.