भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै घेराबन्दी र दबाबको सामना गर्छु : प्रधानमन्त्री प्रचण्ड

३२ सिटे भनेर व्यङ्ग्य नगर्न आग्रह

भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै घेराबन्दी र दबाबको सामना गर्छु : प्रधानमन्त्री प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला-ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेराबन्दी र दबाबको सामना गर्ने बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुवातमात्रै भएको भन्दै ठूला-ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेराबन्दी र दबाबको सामना गर्ने बताए।

उनले भ्रष्टाचारीको फाइल खोल्ने कामबाट आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे। प्रधानमन्त्री प्रचण्डले यसअघि सरकारमा बसेकाहरू र भुटानी शरणार्थीहरूका रूपमा नेपालीलाई बेच्नेले नै आफू र माओवादीप्रति निरन्तर प्रहार गरेको जिकिर गरे।

उनले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकतामा रहेको रहेको भन्दै सुशासन कायम गर्ने चुनौति निकै ठूलो रहेको बताए। लामो समय देखिएको गलत कार्यशैलि र संस्थागत भ्रष्टाचार कारण मुलुकमा आर्थिक समस्या आएको भन्दै यसको समाधानका लागि सुशासन कायम गर्नै पर्ने उनले बताए। प्रचण्डले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि र परिवर्तन उल्टाउने कसरत अहिले पनि भइरहेको उल्लेख गरे।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले भूमि अधिकार दलितहरूको अधिकारसँग जोडिएको विषय भएकाले समय तोकेर नै केही समयभित्रै समधान गर्ने प्रयास गर्ने पनि बताए। माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले माओवादी क्रान्ति परै जितेर नभई सम्झौता र सहमति गरेर सरकारमा आएकाले विशेषाधिकारको लडाईँ जारी रहेको र संविधान संशोधन गरेर दलित लगायत पछि परेकाहरूको अधिकार स्थापित गर्न आफू लागि परेको बताए।

प्रचण्डले अहिले माओवादीलाई ३२ सिटे भनेर व्यङ्ग्य गर्ने गरेको भन्दै अर्को निर्वाचनमा बहुमत ल्याएर नेपाललाई कब्जा गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.