आरोपी पक्राउ नपरेपछि चितवन बन्द

आरोपी पक्राउ नपरेपछि चितवन बन्द
सुन्नुहोस्

चितवन : व्यवसायीको आत्महत्यामा दुरुत्साहन गर्ने मुख्य आरोपीको पक्राउमा ढिलाई भएको भन्दै शनिबार चितवन बन्दको आयोजना गरिएको छ। 

दबाबका लागि गरिएको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ। उद्योगी तथा व्यवसायी शंकर कंडेलको आत्महत्यामा दुरुत्साहनमा किटानी जाहेरी परेका उद्योगी प्रदीप रुगंटा पक्राउ नपरेपछि बन्दको आह्वान भएको हो।

शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दको प्रभावले जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन्। 

मुख्य बजारका पसलहरु पूर्ण रुपमा बन्द भएको छ। प्रदर्शनकारीहरु चोक चोकमा बसेका छन्। पुलचोक, केन्द्रीय बस ट्रमिनल, मुग्लिन र खैरहनीमा प्रदर्शनकारी सडकमा उत्रिएर नाराबाजी गरेका थिए। 

गत मंगलबार चितवनका उद्योगी व्यवसायी शंकर कंडेलले दाना उत्पादक कम्पनी अनमोल फिड्सको कार्यालयमा आत्महत्या गरेका थिए। 

आत्महत्या अघि उनले आठ पाना लामो पत्र लेखेका थिए। त्यसमा अनमोल फिड्सको शेयर किने वापतको रकम र सम्झौता अनुसारको भुक्तानी नदिएको आरोप लगाएका छन्। 

भुक्तानीको सट्टा उल्टै धम्काउने गरेको पत्रमा उल्लेख गरेका थिए। रुगंटाले अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका थिए। कम्पनीका चार्टर एकाउन्टेन्ट जीवन बहादुर रावल भने पक्राउ परेका छन्। सवारी साधन न्यून मात्र चलेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.