लार्केपास गर्ने क्रममा भरियाको मृत्यु

लार्केपास गर्ने क्रममा भरियाको मृत्यु
सुन्नुहोस्

गोरखा : लार्केपास गर्ने क्रममा विदेशी पर्यटकसँग गएका भरियाको मृत्यु भएको छ। 

मनास्लु पदमार्ग हुँदै लार्केपास गरी मनाङतर्फ निस्कने क्रममा अत्याधिक हिमपात हुँदा बिरामी भएका भरिया प्रकास दवाडीको ज्यान गएको हो।

नीलकण्ठ नगरपालिका–११ धादिङका २० वर्षीय दवाडी यही वैशाख १८ गते लार्के पासका लागी विदेशी टोलीसँग धर्मशालाबाट अघि बढेका थिए। बहराल एडभेन्चर प्रालिबाट पोर्टरका रूपमा लार्के पास गर्न गएका दवाडीको शनिवार मृत्यु भएको डीएसपी लिलाराज लामिछानेले जानकारी दिए। 

वैशाख १९ गते लार्के पासका लागी धर्मशालाबाट निस्किएको अमेरिकन टोलीले उनलाई बिरामी अवस्थामा देखेपछि केही समय उद्धार गरेको थियो। भारी छाडेर सँगै जान आग्रह गरेपनि दवाडी नमानेपछि सो टोलीले पनि उनलाई छाडेर गएको थियो। 

५००६ मिटर उचाइ रहेको सो ठाउँमा बिरामी परेका उनी भारी हिमपात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। सबै यात्रुबाट एक्लिएका उनको शव शनिबार लार्के भन्ज्याङ नजिकै भेटिएको डीएसपी लामिछानेले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.