आइसरको सवारी बेच्न बतास-एमएडब्लू साझेदारी

आइसरको सवारी बेच्न बतास-एमएडब्लू साझेदारी
सुन्नुहोस्

काठमाडौं : बतास अर्गनाइजेसन र एमएडब्लू इन्टरप्राइजेजले आइसरको कमर्सियल भेइकल बिक्री गर्न सहकार्य गरेका छन्। 

दुई संस्था मिलेर बतास एमएडब्लू कमर्सियल भेइकल्स नामको ज्वाइन्ट भेन्चर कम्पनी स्थापना गरेका हुन्।

कम्पनीले आइसर कमर्सियल सवारी (ट्रक, बस तथा टिप्पर) र आइसर पावर सोल्युसन्स (जेनसेट) को नेपालका लागि आधिकृत बिक्रेता तथा बिक्री पछिको सेवा दिने काम गर्नेछन्। 

बतास एमएडब्लू कमर्सियल भेइकल्सले आफूसँगको सक्षम जनशक्तिमार्फत नवीनतम सेवा प्रदान गर्नेछ। आइसरले ग्राहकको आवश्यकता अनुरूप ट्रक, बस र टिपर उत्पादन गर्दै आइरहेको छ।

ग्राहक केन्द्रित सेवा र गुणस्तरीय उत्पादन तथा बिक्रीपछि सेवा प्रदान गर्दै आइसरले ग्राहकलाई उच्चकोटीको अनुभव दिएको छ। कम्पनीको नेपालमा १६ वटा थ्रीएस (सेल्स, स्पेयर पार्टस् र सर्भिस) सुविधा, २० सर्भिस टच प्वाइन्ट र १ सयभन्दा बढी पार्टपुर्जा बिक्रेतामार्फत नेपालभर सेवा प्रदान हुने प्रतिबद्धता गरेको छ। 
अटोमोबाइल क्षेत्रका दुई प्रमुख खेलाडीको यो साझेदारीले सिनर्जेटिक प्रभाव सिर्जना गर्ने बतास अर्गनाइजेसनका प्रबन्ध निर्देशक शान्तराज बतासले बताए। उनले नेपाली बजारमा आइसर उत्पादनको उपस्थितिलाई अझ सुदृढ पार्न प्रतिबद्धता जनाए।

एमएडब्लू इन्टरप्राइजेजका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले पूर्वाधार विकासमा ठूलो लगानी गरिरहेको बताउँदै यो लगानीले कमर्सियल भेइकल उद्योगमा ठूलो अवसर सिर्जना गरेको बताए। 

उनले भने, ‘नयाँ समझदारीले बतास र एमएडब्लूको सामर्थ्यलाई एक बनाउन तथा नेपाली बजारमा आइसरको उपस्थिति बलियो बनाउने लक्ष्य राखेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.