नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले लिए शपथ

नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले लिए शपथ
तस्बिर : राष्ट्रपति कार्यालय
सुन्नुहोस्

काठमाडौं : नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेले नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सांसद आचार्य महिला तथा बालबालिका मन्त्री नियुक्त गरेका हुन्।

यसअघि महिन्द्र राय यादव महिला तथा बालबालिका मन्त्री नियुक्त भएका थिए।

यादवलाई हाल खानेपानी मन्त्रालयको जिम्मा दिएर आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरिएको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.