माग पूरा भएपछि महागढीमाईका मेयरले भने ‘अब स्वागत गर्छु’

माग पूरा भएपछि महागढीमाईका मेयरले भने ‘अब स्वागत गर्छु’
सुन्नुहोस्

सिमरा : मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरेपछि बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गठबन्धनका नेता र मन्त्रीलाई अब भने नगर क्षेत्रमा स्वागत गर्ने बताएका छन्। 

केही दिनअघि गठबन्धनका नेता र मन्त्रीलाई नगर क्षेत्रभित्र प्रवेश निषेध गरिएको भन्दै फेसबुकमार्फत् आक्रोश पोखेका यादवले आइतवार स्वागत गर्ने उल्लेख गर्दै अर्को स्टाटस लेखेका हुन्। 

प्रवेश निषेध गरिएको भन्दै यादवले लेखेको स्टाटसले निकै चर्चा पाएको थियो। यादवको स्टाटससँगै महागढीमाई नगरपालिकाका स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला दहन गर्दै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा माग गरेका थिए। स्थानीयले लगातार आन्दोलन गर्न थालेपछि मन्त्रालयले डिल्लीराम भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाउने निर्णय गरेको हो। 

मन्त्रालयको उक्त निर्णयपछि महागढीमाई नगरपालिकामा केही दिनदेखि जारी आन्दोलनसमेत स्थगित भएको छ। नगर प्रमुख यादवले आफ्नो अघिल्लो स्टाटस र नगर क्षेत्रमा भएको आन्दोलन अन्य कारण नभई प्रमुख प्रशासकीय अधिकृत पठाउन वेवास्था गरेकै कारण भएको बताएका छन्। केही दिनदेखि काठमाडौंमा रहेका यादवले गठबन्धनका नेता र मन्त्रीसँगको भेटपछि प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय भएको बताए। 

चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका ६ सय ५८ कर्मचारीले सेवासुविधा पाएका थिएनन् भने योजनाको काम अलपत्र अवस्थामा थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.