बारामा गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

बारामा गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
सुन्नुहोस्

सिमराः बाराको निजगढमा जेठ पहिलो साता अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता हुने भएको छ। मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा जेठ ४ गतेदेखि प्रतियोगिता हुन लागेको हो। 

जेठ ६ गतेसम्म आयोजना हुने लागिएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, कोरिया र जापानका खेलाडीले सहभागिता जनाउने छन्। मधेस प्रदेश तेक्वान्दो संघका अध्यक्ष पेमासिद्धि लामाले सात वटा देशका दुई सय ४० खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए। 

प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामाले गेरोगी फाइटतर्फ एक सय ८० र पुम्सेतर्फ ६० जना खेलाडीले प्रतिस्पर्धा जनाउनेछन्। 

अध्यक्ष लामाका अनुसार गेरोगीतर्फ १३ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुम्सेतर्फ १० वर्षदेखि १८ वर्षसम्मको विभिन्न प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगितामा नेपालबाहेक अन्य देशबाट बढीमा पाँच जना खेलाडीले सहभागिता जनाउनेछन् भने नेपालबाट आयोजकसहित सबै प्रदेशका खेलाडी सहभागी हुनेछन्। 

नेपाल तेक्वान्दो संघ र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप सञ्चालन हुने प्रतियोगिता प्रविधिमैत्री हुने आयोजकको दावी छ। अन्तर्राष्ट्रिय स्तरका रेफ्रीको उपस्थितिमा हुने प्रतियोगितालाई व्यवस्थित र विवादरहित बनाउन प्रविधि प्रयोगमा ध्यान दिएको मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाले बताए। 
लामाले मोफसलमा पनि विद्युतिय प्रविधिको प्रयोग गरी व्यवस्थित रूपमा प्रतियोगिता आयोजना गर्न सम्भव रहेको सन्देश समेत प्रतियोगिताले दिने लामाको भनाइ छ। उनका अनुसार प्रतियोगितामा सहभागीमध्ये ५० जना खेलाडीको दुर्घटना बिमा समेत गरिएको छ। 

प्रतियोगितालाई सफल बनाउन निजगढ नगरपालिका र महागढीमाई नगरपालिकाको मुख्य सहयोगीका रूपमा आयोजकलाई साथ दिएका छन्। संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतमले मधेस प्रदेश सरकार, राखेपसहित बाराका अन्य स्थानीयले तहले समेत सहयोग गर्नेमा आशावादी रहेको बताए। 

खेलकुदसँगै मधेस प्रदेशको पर्यटन प्रवर्द्धनसँग जोडिएका कारण पनि मधेस प्रदेश सरकारले प्रतियोगितामा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने गौतमको भनाइ छ। प्रतियोगिता सञ्चालनका लागि आयोजक करिब ५९ लाखको अनुमानित लागत राखेको छ। 

प्रतियोगिताको तयारीका लागि आयोजकले अध्यक्ष लामाको नेतृत्वमा ५० सदस्यीय मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरेर तयारी गरिरहेको छ। 

आयोजकले अध्यक्ष लामाको नेतृत्वमा आर्थिक, हेमलाल श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता तयारी, जितसिंह लामाको संयोजकत्वमा रेफ्री, चित्रबहादुर लामाको संयोजकत्वमा स्वयंसेवक, सियाराम चौधरीको संयोजकत्वमा प्राथमिक उपचार तथा मेडिकल, नारायण शर्माको संयोजकत्वमा अतिथि सत्कार, मोहन सापकोटाको संयोजकत्वमा खाना तथा बसोबास र केन्द्रीय सदस्य गौतमको नेतृत्वमा प्रचार उपसमिति गठन गरी तयारी गरिरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.