देउरीमा पाँच सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

देउरीमा पाँच सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण
सुन्नुहोस्

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-५ मा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय जनाले सेवा लिएका छन्। 

विराट मेडिकल कलेज शिक्षण अस्पताल मोरङको प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका-५ ले स्वास्थ्य चौकी देउरीमा आयोजना गरेको शिविरमा महिलाको समस्या अत्यधिक देखिएको छ।

शिविरमा जनरल फिजिसियन २ सय २५ जना, स्त्रीरोग ८२, नाक, कान, घाँटी ७२, छाला ६४, मुटुका ५७ जनाले सेवा लिएको अस्पतालका सूचना तथा सञ्चार अधिकृत कैलाश भट्टराईले बताए। 

स्वास्थ्य परीक्षण गरिएकामध्ये भिडियो एक्सरे ९२, फोक्सोका ५२, इकार्डियोलोजी ३५, ल्याबका २ सय ५ जनाको रोग पहिचान र औषधि सेवनका लागि जाँच गरिएको उनले बताए। 

बिरामी सबैलाई सम्बन्धित विशेषज्ञबाट नै सेवा प्रदान गरिएको भट्टराईले बताए। सदरमुकाम नजिक भएर पनि गाउँघरमा सकेसम्म बिरामीहरू लुकाएर राख्ने गरेकाले शिविरको आयोजना गरिएको वडाध्यक्ष उद्धव थापाले बताए। 

उनले भने, ‘समस्या नदेखिएसम्म खर्च हुन्छ भनेर सकेसम्म घरमै लुकाएर बस्ने, रोगले विकराल रूप लिएपछि सहयोग माग्ने तथा औषधि उपचार गर्ने हाम्रो बानी छ, त्यसको अन्त्यका लागि शिविर राखिएको हो।'

शिविरमा वडा नम्बर ५,४,३,६,७ लगायतका क्षेत्रबाट सेवा लिएको उनले बताए। खासगरी गरिब जनता जो खर्च गरेर उपचार गराउने अवस्था छैन त्यस्ता रोगीहरूलाई स्थानीय स्तरमा नै सेवा प्रदान गर्ने र स्वास्थ्यमा जनताको पहुँच वृद्धि गर्ने शिविरको लक्ष्य रहेको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.