आगो निभाउने क्रममा जलेर ५ जना गम्भीर घाइते

आगो निभाउने क्रममा जलेर ५ जना गम्भीर घाइते
सांकेतिक तस्बिर
सुन्नुहोस्

सन्धिखर्क: अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा भूमिकास्थान-२ तिरतिरे खोलाका ५५ वर्षीय पदम वेल्वासे, ३६ वर्षीय माधव वेल्वासे, ५२ वर्षीय घनश्याम वेल्वासे, ७२ वर्षीय पिताम्बर वेल्वासे र २६ वर्षीया अस्मिता वेल्वासे घाइते भएका हुन्।

भूमिकास्थान नगरपालिका-२ तिरतिरे खोलामा लागेको आगो स्थानीय पदम वेल्वासेको घरमा सल्किएपछि आगो निभाउने क्रममा स्थानीय ५ जना गम्भीर घाइते भएका हुन्।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताए।

आगोले पदम वेल्वासेको घर जलेर नष्ट भएको प्रहरी प्रमुख रिजालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.