रसुवागढीदेखि काठमाडौंसम्म भू्मिगत रेलमार्ग बन्ने, अध्ययन गर्दै चिनियाँ प्राविधिक

नुवाकोट : चीनको सहयोगमा बन्ने बहुचर्चित रसुवागढीदेखि राजधानी काठमाडौंसम्म भूमिगत रेलमार्गको अध्ययन सुरु भएको छ। पहिलो चरणमा चिनियाँ प्राविधिकहरू स्थलगत अध्ययनमा पुगेका छन्।
चीन सरकारको अनुदानमा केरुङबाट रसुवागढी हुँदै काठमाडौंसम्म ७२ दशमलव पाँच किलामिटरको रेलको भूमिगत सुरुङ मार्गको अध्ययन कार्य भइरहेको रेल विभागले जनाएको छ। तीन खर्ब लागतमा निर्माण हुने सुरुङ मार्गको ९२ प्रतिशत संरचना भूमिगत रहने रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले जानकारी दिए।
उनका अनुसार चिनियाँ प्राविधिकसहितको टोलीले सम्भाव्यता अध्ययन गरिरहेको छ। चाइना रेल्वे फष्ट सर्भे एण्ड डिजाइन इष्ट्रिच्युटका टोली स्थलगत सर्भेमा रहेको महानिर्देशक विसुरालले बताए।
सो टोलीमा मिष्टर फांगले नेतृत्व गरिरहेका छन्। भूमिगत रेलमार्ग खोला भएका स्थानमा भने बाहिर देखिने छन् भने अन्य स्थानमा भूमिगतरूपमा हुनेछ। लागत, प्राविधिक, मेशिन, उपकरण सबै चीनको रहने सो आयोजनाको लागि ४२ महिनाको सम्झौता गरिएकोमा चार महिनाको समय पूरा भइसकेको महानिर्देशक विसुरालले बताए। उनका अनुसार चीनले नेपाललाई सहयोग गर्ने योजनाअनुसार सो कार्य अगाडि बढेको र रेलमार्गको निर्माणपछि नेपालको विकासमा एउटा अध्याय पूरा हुनेछ।
रेलमार्ग काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोलीले फिल्ड सर्भेको कार्य धमाधम गरिरहेका छन्। चीनबाट आएको उक्त टोलीले रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेपछि फिल्ड सर्भेको काम सुरु गरेको हो।
अहिले चीनियाँ प्राविधिक टोलीले रसुवागढी-स्याफ्रुबेसी हुँदै धुन्चे र काडमाडौं-त्रिशुली-बेत्रावती हुँदै धुन्चे गरी दुई स्थानबाट सर्भे गरिरहेको छ। यसका साथै चीनको प्राथमिकतामा छहरे-टोखा सुरुङमार्ग, वेत्रावति-स्याफ्रुवेशी सुरुङमार्ग र स्यापुर्वेशी-रसुवागढी सडकमार्गसमेत रहेको छ।
सम्भाव्यता अध्ययनका लागि नेपाल आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ। टोलीले फिल्ड सर्भे गरेपछि थप अर्को प्रक्रिया अगाडि बढाउने रेल विभागले जनाएको छ।
भूमिगत रेलमार्गको निर्माणपछि नेपाल र चीनवीचको आर्यात निर्यात बढेर नुवाकोट र रसुवावासीको मात्रै नभई समग्र देशकै अर्थतन्त्रमा बढोत्तरी हुने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए। नेपालकै परिवर्तनको सुनौलो ढोका सावित रहने भुमिगत रेलमार्गको निर्माणमा सवै पक्षले सहयोग पुर्याउनुपर्ने उनको जोड छ।
केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोलीले ‘फिल्ड सर्भे’को विशेष काम गरेको छ। रेल विभागकाका अनुसार चीनबाट आएको टोलीले रेलमार्गको पूर्वसम्भाव्यता अध्यययन सम्पन्न पछि ‘फिल्ड सर्भे’को काम सुरु गरेको हो।
चिनियाँ प्राबिधिक टोलीले रसुवागढी स्याफ्रुबेसी हुँदै धुन्चे र काडमाण्डौ त्रिशूली बेत्राबती हुँदै धुन्चे गरी दुईतिरबाट सर्भे गरिरहेको छ। ‘चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट गु्रपको ६ जना प्राविधिक टोली सर्भेका लागि फिल्डमा खटिएका छन्। सम्भाव्यता अध्ययनका लागि आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ।
चीन र नेपालको संयुक्त टोलीले फिल्ड सर्भे गरेपछि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा छलफल गरिने रेल विभागले जनाएको छ। प्रारम्भिक अध्ययन अनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्ने छ।
यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएकाले अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसन लगायतका विषय टुंगिने छ। २०७८ चैतमा काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो।
चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारी बीच छिट्टै अध्ययन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो। रसुवागढीवाट आएको रेलमार्गले जोडिने नुवाकोट र रसुवाको मात्रै नभई यसले देशकै विकासमा फड्को मार्ने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
