युवा व्यवसायी महतोलाई विकास रत्न पदक

युवा व्यवसायी महतोलाई विकास रत्न पदक
सुन्नुहोस्

ढल्केवर(धनुषा) : युवा व्यवसायी तथा समाजसेवी दिनेश महतो विभूषित भएका छन् । उनी विकास रत्न पदकबाट विभूषित भएका हुन् । बिहीबार गृहसचिव दिनेश भट्टराईले महतोलाई विभूषण अधिकारपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

महोत्तरीको भंगहा नगरपालिका–४ स्थायी घर भएका समाजसेवी महतो दानवीरको रुपमा परिचित छन् । उनी सफल उद्योगपति समेत हुन् । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योग्दानको कदर गर्दै सम्मानस्वरुप उनलाई विभूषित गरिएको हो ।

नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा असोज ३ गते विभूषण घोषणा गरिएको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.