धनकुटाबाट ५ सय किलो गाँजा बरामद, नियन्त्रणमा लिने क्रममा प्रहरी घाइते

धनकुटाबाट ५ सय किलो गाँजा बरामद, नियन्त्रणमा लिने क्रममा प्रहरी घाइते
गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको मिनी ट्रक । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाटबाट शुक्रबार बिहान प्रहरीले ठूलो परिणामको लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले करिब ५ सय किलोग्राम गाँजा बरामद गरेको हो । प्रहरी चौकी मुलघाटको टोलीले धरानतर्फ लैजाँदै गरिएको को १ ख ३३६७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ठूलो परिणामको गाँजा बरामद गरेको धनकुटा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार १७ वटा बोरामा ‘प्याक’ गरिएको गाँजा बिहान ५:३० बजेतिर बरामद भएको हो । 

गाँजा नियन्त्रणमा लिने क्रममा १ जना प्रहरी घाइते भएका छन् । शंकास्पद हिसाबले आइरहेको मिनी ट्रकलाई रोकेर प्रहरीले चेकजाँच गर्दा घटना भएको हो । प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ मिनी ट्रकमाथि चढेर चेकजाँच गर्दै थिए । त्यस क्रममा चालकले गाडी भगाउन खोजेपछि लडेर उनी घाइते भएको एसपी कोइरालाले बताए ।  

उनका अनुसार घाइते तामाङको धनकुटामै उपचार भइरहेको छ । उनको देब्रे खुट्टमा चोट लागेको छ । मिनी ट्रकमा लोड गरिएको गाँजा मुलघाटकै सिरसिरेभन्ने ठाउँमा छाडेर चालक फरार बनेको र खोजी तीव्र पारिएको जानकारी कोइरालाले दिए । बरामद भएको गाँजासहित ट्रकलाई भने आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइएको उनले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.