महोत्तरीको स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

महोत्तरीको स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु
सुन्नुहोस्

गौशाला (महोत्तरी) : महोत्तरीको स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तह गौशाला नगरपालिकाबाटै श्रम स्वीकृतिको व्यवस्था गरिएको हो। नगरपालिकाको स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट सेवा सुरु गरिएको छ।

गौशाला नगरपालिकाले बिहीबारदेखि श्रम स्वीकृतिको काम सुरु गरेको छ। नगरपालिका रोजगार संयोजक नवनित झाका अनुसार मन्त्रालयको परिपत्रअनुसार नै उक्त काम सुरु गरिएको हो। 

वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि जनकपुरधाम वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकार मार्फत उक्त सेवा पाउने गौशाला नगरपालिकाका उपमेयर रेणुकुमारी महतोले बताइन्। 

‘यसअघि अन्यत्रै गएर श्रम सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पर्थ्यो, तर अब नगरपालिकाबाटै सेवा सुरु भएपछि सहज हुन्छ, पैसा र समय दुवैको बचत हुन्छ। झन्झिटिलो पनि हुँदैन।’ 

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ। सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने उपमेयर महतोले अन्नपूर्णसँगको कुराकानीमा बताइन्। 
बिहीबार नगरपालिकामा नगर उपप्रमुख रेणु महतोले पहिलो पटक गौशाला नगरपालिका ५ का अशोक साहलाई श्रम स्वीकृति प्रदान गरिन्। 

सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बिमाका लागि तिर्नुपर्ने रकम रोजगार केन्द्रका कर्मचारीहरुले मोबाइल बैंकिङबाट तिरेर सहजीकरण गरिदिने उपमेयर महतोको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.