मोरङको उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रण

मोरङको उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रण

विराटनगर : मोरङको एउटा उद्योगमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आउन १२ घण्टाभन्दा बढी समय लागेको छ। 

बिजुलीको बल्ब र स्वीच उत्पादन गर्दै आएको बूढीगंगा गाउँपालिका-५ को राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा शुक्रबार बिहानका राति २ बजेतिर आगलागी सुरु भएको थियो। 
उक्त उद्योग उद्योगी राजेन्द्रकुमार राठीको रहेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले उद्योगमा लागेको आगोले २० करोड बराबरको क्षति भएको जानकारी दिए। 

उनका अनुसार आगो नियन्त्रणमा लिन १२ वटा दमकलसहित ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। घटनास्थलमा पुगेका नेपाल प्रहरीका निरीक्षक दुर्गा राई र सशस्त्रका निरीक्षक समराज खड्का नेतृत्वको टोलीलाई आगो पूर्ण रूपमा नियन्त्रणमा लिन १२ घण्टाभन्दा बढी समय लागेको दाहालले बताए। साथै स्थानीय तथा उद्योगका मजदुरले पनि आगो नियन्त्रणमा मद्दत गरेका थिए। 

‘लामो समयको प्रयासपछि आगो नियन्त्रणमा आयो,’ दाहालले भने, ‘विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ।’ उद्योगका ३ वटा भवनमध्ये एउटामा आगो लागेको हो। नियन्त्रणमा खटिएकाहरूले नजिकैका २ वटा भवनमा भने आगो फैलनबाट जोगाएका थिए। 

आगोले उद्योगको एउटा भवनसहित कच्चा पदार्थ, मेसिन तथा तयारी सामान पूर्ण रूपमा जलेर ध्वस्त भएको डीएसपी दाहालको भनाइ छ। उनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.