जीर्ण सडकमा जोखिमपूर्ण यात्रा
हेटौंडा : संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने सडकको स्तरोन्नति हुन नसक्दा यात्रुहरूले हैरानी खेप्नु परेको छ।
प्रदेश सरकार स्थापना भएसँगै भैसेबाट बख्खुसम्मको सडकलाई प्रादेशिक लोकमार्ग भनेर प्रस्तावित गुरु योजनामा राखिएको सडक नै समयमा स्तरोन्नति सम्पन्न नहुँदा सो सडक हुँदै दैनिक हिँड्ने हजारौं सवारी साधन र यात्रुहरूले हैरानी खेप्न बाध्य भएका हुन्।
प्रदेश सरकारले प्रदेश स्थापना भएसँगै आव २०७५/०७६ बाट हालसम्म करिब १ अर्ब ५० करोड रकम वर्षैपिच्छे सडकको स्तरोन्नतिका लागि भन्दै विनियोजन गर्दै आएको छ।
प्रदेश सरकारले विनियोजन गरेको रकममा हालसम्म करिब १ अर्ब १५ करोड खर्च भइसकेको छ। तर काम पूरा भएको छैन।
२०७५ सालबाट सुरु भएको सडकको स्तरोन्नतिको काम हालसम्म सकिएको छैन। बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रहेका विभिन्न कार्यालय मार्फत कार्य भइरहेको छ।
हालसम्म भीमफेदीबाट कुलेखानीसम्मको १६ किलोमिटर सडक मात्र कालोपत्र भएको छ। सो सडक २०७६ माघ १७ गते सम्झौता भई २०७८ मंसिर १० गते यातायात पूर्वाधार निर्देशनालय हेटौंडा मार्फत सम्पन्न भएको थियो।
यस्तै भैसेदेखि भीमफेदीसम्मको करिब ११.५ किलोमिटर सडक स्तरोन्नतिको काम भीमफेदी गाउँपालिका वडा नम्बर २,४ र ६ मा मुआब्जा विवाद लिएपछि रोकिएको काम भर्खरै मात्र अघि बढेको छ।
२०७७ असार २४ सम्झौता भई २ वर्ष भित्र सकिने भनिएको सडक मुआब्जा विवाद सकिएसँगै धमाधम कार्य भइरहेको यातायात पूर्वाधार निर्देशानलय हेटौँडाका प्रवक्ता हरि प्रसाद ओझाले बताए। उनले भने, 'कुल ३८ करोड ७८ लाख ८९७ रुपैयाँ लागतमा सडक स्तरोन्नति कार्य सुरु भएकोमा मुआब्जा विवादले गर्द काम रोकिएको थियो।'
अहिले निजी घरटहरा रहेका ३८ जनालाई सम्झौताका लागि पत्रचार गरिएकोमा १० जना आएर सम्झौता गरेको र ४ जनाले पैसा समेत लगिसकेको बताए। अब त्यहाँको विवाद हटेसँगै तीव्र गतिमा काम अघि बढेको र हाल ६० प्रतिशत काम सम्पन्न भएको बताए।
सिस्नेरीबाट काठमाडौं जाने वैकल्पिक सडक अन्तर्गत हेविबाट दक्षिणकालीसम्म ५ किमी सडक विभागबाट हस्तान्तरण आएकोमा १४ करोड लागतमा प्रदेश यातायात निर्देशनालय मार्फत गत आवमा सम्पन्न भएको छ।
त्यस्तै ज्यामिरेदेखि रामचन्द्र भन्ज्याङ १ खण्ड र रामचन्द्र भन्ज्याङदेखि दक्षिणकालीसम्म अर्को खण्ड सम्झौता भई राजधानी पूर्वाधार विकास आयोजना मार्फत काम भइरहेको उनले बताए।
फाखेल हुँदै फर्पिङ र चित्लाङ हुँदै काठमाडौं जाने सडकको स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरिए तापनि काम अघि बढेको छैन।
यस्तै कंलकी हुँदै हुमाने भज्याङसम्म ३४ करोड लागतमा कालेपत्रे गर्नका लागि पक्रिया अघि बढाइए तापनि काम अघि बढ्न सकेको छैन।
महालक्ष्मी दोवानबाट मकैबारी हुँदै मातातीर्थ निस्कने सडकको पूर्वाधार विकास कार्यालय ललितपुरबाट भए तापनि काम सकिएको छैन। सो कार्यालयले मकवानपुरभित्र पर्ने २ किलोमिटर र काठमाडौंमा पर्ने ६ किलोमिटर सडको स्तरोन्नतिको जिम्मा पाए पनि काम सुस्त गतिमा गरिरहेको प्रवक्ता ओझाले बताए।
यस्तै पूर्वाधार विकास कार्यालय चितवनमार्फत महालक्ष्मी दोवानबाट मकैबारीसम्मको १५ किलोमिटर कालेपत्र गर्न टेण्डर भएतापनि अन्य कार्य अघि बढेको छैन। यस्तै हुमाने भज्याङदेखि फर्पिङसम्म पूर्वाधार विकास कार्यालय मार्फत ९ किलोमिटर सडकको स्तरोन्नतिको कार्य गरिरहेको छ।
यी दुई सडकको स्तरोन्नतिका कार्य २९ करोड लागतमा भइरहेको प्रवक्ता ओझाले बताए। हालसम्म भीमफेदी कुलेखानी सडकखण्डमात्र काले पत्र भएकोमा अन्य सडकहरू कोरोना संक्रमण , मूल्य वृद्धि लगायत अन्य कारणले सम्पन्न नभए तापनि आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिसकिने उनले बताए।
प्रदेश सरकारले महत्वपूर्ण आयोजनाको रूपमा रहेको हेटौँडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडकको स्तरोन्नतिको कार्य समयमा नसक्दा यात्रुहरू जोखिम मोलेरै हिडन बाध्य भएका छन्।
गणेश दाहाल चालक हुन्। उनी विगत ८/१० वर्षदेखि काठमाडौं हेटौंडाका यात्रुहरूलाई ल्याउने लाने गर्छन्। दैनिक १०० जना यात्रुहरू ओसारपसार गर्ने उनी आफूले कुदाउने सडकको स्थितिदेखि खुशी छैनन्।
उनी भने, 'दैनिक यो बाटो हिँड्नुपर्छ प्रायः सबै ठाउँ जोखिम नै जोखिम रहेको छ। प्रायः सबै ठाउँमा खाल्टाखुल्टी छ। अब बर्खा लाग्दैछ, चिप्लो बाटोमा टायर चिप्लने डर हुन्छ।' दुर्घटनाको डर धेरै हुने गरे तापनि यात्रुहरू लिएर हिँड्ने गरेको सुनाए।
यस्तै हरेराम ताम्सालिन सुनौलो सुमो काउन्टरमा कार्यरत कर्मचारी सानु लामाले ३ वटा काउन्टरबाट दैनिक १०० जनाभन्दा धेरै यात्रुहरू काठमाडौंदेखि हेटौंडा र हेटौंडादेखि काठमाडौं आउने जाने गरेकोमा यो सडकको कारण धेरै गुनासो आउने गरेको सुनाए।
सडक छिटोभन्दा छिटो सम्पन्न गर्न सवारी चालक श्याम कार्कीले अनुरोध गरे। यस्तै हेटौंडादेखि काठमाडौंदेखि जाँदै गरेकी यात्रु जुनिता भट्टले हेटौंडा प्रदेश राजधानी भएर पनि त्यो अनुरूपको संघीय राजधानी जाने सडकको विकास गर्न नसकेको गुनासो गरिन्।
ट्राफिक कार्यालय मकवानपुरका तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनामा मकवानपुरमा १४९ वटा सवारी दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको