स्वास्थ्य सेवालाई  सुलभ बनाउने मन्त्री सिंहको प्रतिबद्धता

स्वास्थ्य सेवालाई  सुलभ बनाउने मन्त्री सिंहको प्रतिबद्धता

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने प्रतिबद्धता जनाएका छन्। 

कर्णालीका जनताले अहिले पनि सर्वसुलभ स्वास्थ्य सेवा नपाइरहेको भन्दै मन्त्री सिंहले यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने प्रतिबद्धता जनाएका हुन्। 

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा हिमोफिलिया सोसाइटी नेपालले गरेको सरकारी निकायका प्रतिनिधि एवं स्वास्थ्यकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले प्रदेश सरकारले कर्णाली प्रदेशका नागरिकको स्वास्थ्यलाई विशेष ध्यान दिने बताए। 

हिमोफिलियाका बारेमा आफूले हालै मात्र विस्तृत अध्ययन गर्ने मौका पाएको भन्दै मन्त्री सिंहले हिमोफिलियाका बिरामीले उपचारमा पाइरहेको सास्ती, यसको अप्ठ्यारो, उपचार अभाव लगायतका विषयमा आफू चिन्तित रहेको बताए। 

मन्त्री सिंहले हिमोफिलियाका बिरामीको उपचारमा सहज हुने गरी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सक्दो व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाए। 

'हिमोफिलियाका बिरामी कर्णाली प्रदेशमा पनि रहेको र उहाँहरूले उपचार सेवा प्रभावकारी रूपमा नपाएको र कतिपय बिरामी उपचारका लागि सम्पर्कमा नपुगेको सुन्दा दुःख लाग्यो। म प्रदेश सरकारको मन्त्री हुनुका नाताले त्यस्ता बिरामीको उपचारका लागि प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने प्रयत्न गर्नेछु। थोरै भएपनि तपाईंहरूको विषय सम्बोधन हुनेछ।'

राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशमा हिमोफिलियाका १ सय ७४ जना बिरामी रहेका छन्। त्यसमध्ये ३४ जनाले नियमित उपचार सेवा लिइरहेका छन्। पछिल्लो जनगणनामा देशभर ४ हजार ९ सय ३७ जना हिमोफिलियाका बिरामी पहिचान भएका हिमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेले जानकारी दिए। 

हाल वीर अस्पताल र कान्ति बाल अस्पतालमा यसको परीक्षण हुने गरेको छ। कार्यक्रममा वीर अस्पतालका डा. निरज कुमार सिंहले पहिचान र उपचारको अभावमा नेपालमा हिमोफिलिया देखिएका ९९ प्रतिशत व्यक्तिमा अपांगता हुने समस्या देखिएको बताए। 

हिमोफिलिया न्यूनीकरणका लागि लगाइने खोपको प्रतिडोज १२ हजार ५ सय पर्ने र हप्तामा कम्तिमा पनि चार डोज दिनुपर्ने डा. सिंहले बताए। शरीरको जुनसुकै भागबाट रगत अनियन्त्रित हुनु र रगत जमाउने तत्वमा कमी हुनु नै हिमोफिलिया रहेको डा. सिंहले बताए। हिमोफिलियाको अहिलेसम्म स्थायी उपचार पत्ता लाग्न नसकेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.