मुगुमा समता स्कुल बन्द भएपछि विद्यार्थी विचल्लीमा
मुगु : हिमाली जिल्ला मुगुमा रहेको समता स्कुलमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ। सदमुकाम गमगढीमा ०७५ सालदेखि अध्यापन गराउँदै आएको समता स्कुल बन्द भएपछि विद्यार्थी विचल्लीमा परेका छन्।
मदन बहादुर हरि बहादुर फाउन्डेसद्वारा सञ्चालित गरिब, दलित, पिछडिएका बालबालिकाले सहज गुणस्तरीय शिक्षा पाउने भन्दै विद्यालयका प्रमुख फाउण्डर उत्तम सञ्जेल र सुर्दशन पौडेलले मुगुमा विद्यालय स्थापाना गराएका थिए। यो स्कुल पाँच वर्ष नबित्दै संस्थापन पक्षले हात झिकेपछि अध्ययनरत १ सय ३० जना विद्यार्थी विच्चलीमा परेका हुन्।
विद्यालयको ब्यवस्थापन पक्षको लापरबाहीले विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने किचलोको कारण समता स्कुलमा अध्ययनरत बालबालिका बिचल्लीमा परेका अभिभावकहरूले बताएका छन्।
विद्यालय सञ्चालनको लागि छायाँनाथ रारा नगरपालिकाले २ कक्षासम्मको अनुमति दिइएको भए पनि विद्यालयले मनोमानीरूपमा ५ कक्षासम्म सञ्चालन गर्दै आएको छ।
संस्थापक पक्षले विद्यालय सञ्चालन मनोमानीरूपमा गरेको र सञ्चालनमा समस्या आएको देखाएर बन्द गरेको धर्मबहादुर शाहीले बताए। 'अन्य विद्यालय भर्ना हुनका लागि स्थान्तरण प्रमाण प्रत्र आवश्य पर्छ। त्यो विद्यालयले दिने अवस्था छैन। विद्यालय स्तर एकीकृत शैक्षिक ब्यावस्थापन सूचना प्रणाली अध्यावधिक विद्यालयले गराएको छैन। अन्य विद्यालयमा भर्ना गर्नसमेत समस्य भएको छ,' कृष्णामाया मल्लले बताइन्। मल्लका अनुसार शिक्षकहरूले नौ महिनादेखि तलब पाएका छैनन्।
शैक्षिक सत्र सुरु भएको महिना दिन भएको भए पनि समता स्कुलमा अध्ययनरत विद्यार्थीले पढ्न पाएका छैनन्। विद्याथीहरूको अद्यावधिक नहुँदा अन्य विद्यालयमा भर्ना हुन पनि समस्या भएको समता स्कुलका सहायक प्रधानध्यापक समुन्द्र कुमार मल्लले बताए। सय रुपैयाँ मासिक शुल्क तिरेर पढ्न पाउने लोभमा भर्ना भएका विद्यार्थीले पाँच सय महिनाको शुल्क तिर्ने गरेकाो अभिभावकले बताएका छन्।