पानी पारिदिन माग गर्दै चेपे र मर्स्याङ्दी दोभानमा जलधारा

पानी पारिदिन माग गर्दै चेपे र मर्स्याङ्दी दोभानमा जलधारा
सुन्नुहोस्

गोरखा : लामो समयदेखि परेको खडेरीबाट मुक्त गरिदिन माग गर्दै गोरखाका किसानहरूले जलधारा गरेका छन्। 

सात महिना लामो खडेरीबाट अताल्लिएका गोरखा पालुङ्टारका किसानहरूले देवतासित पानी माग गर्दै शनिबार जलधारा गरेका हुन्। 

खडेरीका कारण धान, मकै रोप्न नपाएका र उम्रिएकाहरू पनि मर्न थालेपछि अताल्लिएका किसानहरूले शनिबार मर्स्याङदी र चेपे नदीको दोभानस्थित शिवजीको मन्दिरमा पूजाआजासहित जलधारा गरेका हुन्।

बरुण, मेघ, इन्द्र, देवी र शिवजीसित पानी माग गर्दै पूजापाठ गरिएको पण्डित राोहिणीप्रसाद पौडेलले बताए। ‘एकसय आठका दरले सबै देवदेवीको होम पनि गर्‍यौँ,’ उनले भने, ‘खडेरी पर्‍यो बाली सुक्यो, पानी पारिदिनुस् भनेर भगवानसँग प्रार्थना पनि भयो।’ लगालग सात महिनासम्म वर्षात नभएकाले जलधारा गरी पानी माग गरेको उनले जानकारी दिए। ‘आज शनिबार पनि भयो, अग्नि जुरेको दिन पनि, अष्टमी तिथि र शिवजी पनि जुरेको दिन भएकाले जलधारा गरिएको हो,’ उनले भने।

लामो समयसम्म खडेरी परेपछि चिन्तित बनेका स्थानीयबासी शुक्रवार भेला बसेका थिए। भेलाबाट जलधारा गर्ने निर्णय गरिएको स्थानीय श्यामप्रसाद देवकोटाले भने। ‘अघिल्लो दिन सबै घरधुरीले पूजा सामग्री तयार गरे, आज पञ्चेबाजासहित सबै घरधुरीबाट पूजाका सामग्री लिएर चेपेघाटमा आएर पूजाआजा गर्‍यौं,’ उनले भने। 

लामो समय खडेरी पर्दा जलधारा गर्ने प्राचीन कालदेखिको परम्परालाई कायम गर्दै त्यसलाई निरन्तरता दिइएको उनले जानकारी दिए। यसो गर्नाले पानीको अभाव भएको स्वगएका राजा इन्द्रलाई थाहा हुने र पानी पारिदिने विश्वास रहेको उनको भनाइ छ। 

पूजाआजा सकेर फर्केका स्थानीयले बाटोमा पनि एक आपसमा पानी छ्यापाछ्याप गरी रमाइलो गरेका थिए। जलधारा गरी फर्केका टोलीलाई बाटोमा पर्ने प्रत्येक घरधनीले घरबाहिर गाग्रीका गाग्री पानी छ्यापेर रमाइलो गरेका थिए।  

लामो समय खडेरी पर्दा खेती गर्न नपाएको स्थानीयको गुनासो छ। घैया मकै गोड्ने समय भएपनि वर्षा नहुँदा अधिकांश जग्गामा घैया छर्न र मकै रोप्न नसकिएको स्थानीय कृष्णप्रसाद भट्टले बताए। ‘पानी नपरेको सात महिना भयो, यतिका समय पानी नपर्दा बारी जोतेर घैया मकै छर्न पाइएन, वस्तुभाउलाई खानेपानी अभाव भयो, गर्मी बढेर समस्या बनाएको छ,’ उनले भने, ‘कतैकतै उम्रिएको मकै पनि सुकेको छ। यसपटक अनिकाल पर्ने डर भयो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.