म्यान्मार र बङ्गलादेशमा आँधीबाट बच्न हजारौं मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै

म्यान्मार र बङ्गलादेशमा आँधीबाट बच्न हजारौं मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै
फाइल तस्बिर।
सुन्नुहोस्

छिमेकी देश बङ्गलादेशमा पनि शनिबार रोहिंग्या शरणार्थीलाई सो क्षेत्रबाट बाहिर निकालिएका छन्।

ढाका : बङ्गालको खाडीमा एक दशकभन्दा लामो समयदेखिको सबैभन्दा शक्तिशाली चक्रवातका कारण म्यानमारको पश्चिमी तटबाट हजारौं मानिस भागेका छन्। छिमेकी देश बङ्गलादेशमा पनि शनिबार रोहिंग्या शरणार्थीलाई सो क्षेत्रबाट बाहिर निकालिएका छन्।

भारतको मौसम विज्ञान विभागका अनुसार ‘मोचा’ नाम दिइएको चक्रवात २२० किलोमिटर प्रतिघण्टा (१३६ माइल प्रतिघण्टा) को गतिमा आइरहेको छ।

करिब १० लाख रोहिङ्ग्या शरणार्थीहरू बस्ने कमजोर आश्रयस्थल कोक्स बजार र म्यान्मारको पश्चिमी रखाइन तटमा रहेको सिट्वेको बीचमा आइतबार बिहान आँधी कमजोर हुने अनुमान गरिएको छ।

एएफपीका संवाददाताका अनुसार शनिबार सिट्वेका बासिन्दाले कार, ट्रक र तीन पाङ्ग्रे (टेम्पो)मा आफ्नो सम्पत्ति र घरपालुवा जनावर जम्मा गरी सुरक्षित स्थलतर्फ हिँडेका छन्।

'हाम्रो परिवारमा हजुरआमा हुनुहुन्छ र हामीले उहाँको हेरचाह गर्नुपर्छ,' खिने मिनले राज्यको राजधानीबाट बाहिरिने बाटोमा आफ्ना नातेदारहरूले भरिएको ट्रकबाट बताए, 'हाम्रो घरको हेरचाह गर्न सिट्वेमा एक जना मात्र मानिस बाँकी छन्।'

करिब एक लाख ५० हजार मानिसहरूको बसोबास रहेको यस शहरमा पसल र बजारहरू बन्द गरिएका थिए र धेरै स्थानीयले अग्ला स्थानमा रहेका गुम्बाहरूमा आश्रय लिएका थिए। आँधीका कारण सबै जना सुरक्षितस्थलतर्फ भागेको बताउँदै चालीस वर्षीय क्याव टिनले आफ्नो छोरा स्थानीय अस्पतालमा रहेकाले त्यहाँबाट बाहिर जान नसक्ने बताए।

'यो चक्रवात हाम्रो राज्यमा आउने छैन भन्नेमा हामी आशावादी छौँ। तर यदि यस्तो नियति भयो भने हामी यसलाई नजरअन्दाज गर्न सक्दैनौं,' उनले भने।
 
सन् २००८ मा दक्षिणी म्यान्मारमा एक लाख ३० हजारभन्दा बढी मानिसको ज्यान जाने गरी आएको आँधीलाई सङ्केत गर्दै उनले भने, ' यो चक्रवातले ‘नरगिस’ले जस्तै हाम्रो राज्यलाई असर पार्ला कि भन्ने मलाई चिन्ता छ ।'

म्यान्मारको जुन्टा अधिकारीहरूले राखिन तटमा रहेका गाउँहरूबाट मानिसलाई सुरक्षित स्थानतर्फ जानभ निगरानी गरिरहेको सरकारी सञ्चार माध्यमहरूले शुक्रबार जनाएका छन्। 

म्यान्मार एयरवेज इन्टरनेसनलले रखाइन राज्यका लागि आफ्ना सबै उडान सोमबारसम्मका लागि स्थगन गरिएको जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.