कर्नाटक चुनाव : कांग्रेस १३५, भाजपा ६५ सिटमा विजयी

कर्नाटक चुनाव : कांग्रेस १३५, भाजपा ६५ सिटमा विजयी
कांग्रेस नेता डीके शिवकुमार। तस्बिर : बीबीसी।
सुन्नुहोस्

२२४ सिटको विधान सभामा कांग्रेसले १३५ सिट जितेको छ भने एकमा अगाडि छ। त्यस्तै भाजपाले ६५ सिट जितेको छ।

नयाँ दिल्ली : कर्नाटक विधान सभा चुनावमा कांग्रेसले ठूलो जित हात पारेको छ। शनिबार राति १० बजेसम्म भएको मतगणनाअनुसार २२४ सिटको विधान सभामा कांग्रेसले १३५ सिट जितेको छ भने एकमा अगाडि छ। त्यस्तै भाजपाले ६५ सिट जितेको छ।

जेडीएसले १९ सिट पाएको छ भने स्वतन्त्र उम्मेदवारले दुई सिट पाएका छन्। अर्कोतर्फ कल्याण राज्य प्रगति पक्षले एक सिट र सर्वोदय कर्नाटक पक्षले पनि एक सिट जितेका छन्।

कर्नाटकका मुख्यमन्त्री तथा भाजपा नेता बसवराज बोम्मईले भने, ‘म यो हारको जिम्मेवारी लिन्छु। हारका धेरै कारण छन्। हामी सबै कुराको विश्लेषण गर्नेछौं। हामी हाम्रा गल्तीहरूमा काम गर्नेछौं र हामी लोकसभा चुनावमा फर्कनेछौं।'

केन्द्रीय मन्त्री अनुराग ठाकुरले भाजपाले कर्नाटकमा डबल इन्जिन सरकार बनाउने प्रयास गरेको र त्यसका लागि कडा मेहनत गरेको बताए। लोकतन्त्रमा जनताले दिएको निर्णयलाई स्वीकार गर्नुपर्ने भन्दै उनले भने, ‘हामी हाम्रा गल्तीहरू पहिचान गरेर सुधार गर्नेछौं।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.