गोकुलगंगा गाउँपालिकाको बजेट करिब ५६ प्रतिशत खर्च

गोकुलगंगा गाउँपालिकाको बजेट करिब ५६ प्रतिशत खर्च
सुन्नुहोस्

गाउँपालिकाले मिनरल वाटर, चाउचाउ फ्याक्ट्री, प्रेसलगायतका उद्योग स्थापना गर्ने भनि बजेट विनियोजन गरेपनि योजनामै सीमित सेवाग्राहीले गुनासो गरेका छन्। गाउँपालिकाका कर्मचारी समयमै कार्यालय नआउने, कार्यालय समयमा कर्मचारी कार्यालयमा नभेटिदा सेवाग्राहीले सास्ती खेप्नु परेको पनि गुनासो गरेका छन्।

रामेछाप :  गोकुलगंगा गाउँपालिकाले चालु आर्थिक वर्षको लागि विनियोजना गरेको बजेट ९ महिनामा करिब ५६ प्रतिशत बजेट खर्च गरेको छ। गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाले चालुतर्फ २२ करोड ५ लाख ९३ हजार ९ सय १४ रुपैयाँ र पूँजीगततर्फ १४ करोड ४६ लाख ९६ हजार ४ सय १४ रुपैयाँ बजेट खर्च भएको जानकारी दिए।

६५ करोड २९ लाख ४६ हजार बजेटमध्ये गाउँपालिकाले चालु र पूँजीगत दुबै तर्फ गरी ३६ करोड ५२ लाख ९० हजार ४ सय रुपैयाँ खर्च गरेको छ। यो रकम कूल बजेटको ५५.९४ प्रतिशत  हो। 

गोकलुगंगा गाउँपालिकाले ससर्तसहित शिक्षामा १ करोड ८८ लाख बजेट ल्याएकोमा १ करोड १४ लाख ३१ हजार ६६१ रुपैयाँ खर्च गरेको छ। सर्सतसहित पूर्वाधारमा २२ करोड ४९ लाख ५६६ रुपैयाँ बजेट विनियोजना भएकोमा ९ महिनामा ११ करोड ५५ लाख ९९ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए। 

त्यसैगरी कृषिमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १४ लाख ३९ हजार ३ सय ६० रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रतिनिधिहरु वडा–वडामै गएर योजना सम्झौता गरी समयमै कार्यान्वय गरेकाले ठूला र क्रमागतबाहेकका योजनाहरु जेष्ठ महिनाभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको पनि थापाले बताए। ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत र पूर्वाधार, सुन्दर समुन्नत र समृद्ध गोकुलगंगा निर्माण भन्ने नारालाई साकार पार्न गाउँपालिका लागिपरेको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाले मिनरल वाटर, चाउचाउ फ्याक्ट्री, प्रेसलगायतका उद्योग स्थापना गर्ने भनि बजेट विनियोजन गरेपनि योजनामै सीमित सेवाग्राहीले गुनासो गरेका छन्। गाउँपालिकाका कर्मचारी समयमै कार्यालय नआउने, कार्यालय समयमा कर्मचारी कार्यालयमा नभेटिदा सेवाग्राहीले सास्ती खेप्नु परेको पनि गुनासो गरेका छन्। 

गोकुलगंगा गाउँपालिकामा रहेका सिद्धार्थ बैंकले काम उपभोक्तालाई दुःख दिने काम गरेको स्थानीयले गुनासो गरेका छन्। एउटा खाता खल्न पनि बैंकले १ हप्ता लगाइदिँदा उपभोक्तम मारमा परेको गुनासो आएको छ। गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले आफूहरू पालिकालाई समृद्ध बनाउने यात्रामा रहेको बताए। कर्मचारीहरु समयमै कार्यालय नआउने र कार्यालय समयमै बाहिर हिँड्ने गरेको स्वीकार गर्दै कर्मचारीलाई सचेत गराइसकिएको बताए।
 अनुदानमा अनुदानका कार्यक्रम प्रभावकारी बन्न नसकेको भन्दै अध्यक्ष खड्काले आगामी दिनमा पुनर्विचार गरेर योजना तय गर्ने बताए। अध्यक्ष खड्काले स्थानीय कला, धर्म, धार्मिक स्थल, सडक, शिक्षा, पर्यटन, खानेपानी, कृषि लगायतमा गाउँपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.