भ्रष्टाचार अक्षम्य

भ्रष्टाचार अक्षम्य
सुन्नुहोस्

जो दोषी छ, कारबाही हुनुपर्छ र निर्दोषलाई फसाउने खालका काम हुनु हुँदैन। दोषी नछुटोस् भन्ने कुरामा एमाले स्पष्ट छ।

नक्कली शरणार्थीको विषय यतिबेला उत्कर्षमा छ। सुशासनका हिसाबले विगतदेखि यस्ता मुद्दा उठ्दै आएका छन्। हाम्रो सरकारका पालामा पनि भ्रष्टाचारविरुद्ध अभियान धेरै भए। सबैभन्दा बढी मुद्दा पनि परे। कति सफल भए, कति बाँकी छन्। कतिपयलाई कारबाही पनि भयो। यस प्रकृतिका ठूला माछा त्यतिबेला पनि समातिएकै हुन्। 

नक्कली शरणार्थीसँग जोडिएका व्यक्तिलाई सम्बन्धित निकायले गरिरहेको छानबिनमा एमाले ‘पोजेटिभ’ छ। यस्ता अनियमितता बाहिर आउनुपर्छ। जो दोषी छ, कारबाही हुनुपर्छ र निर्दोषलाई फसाउने खालका काम हुनु हुँदैन। दोषी नछुटोस् भन्ने कुरामा एमाले स्पष्ट छ। कारबाही होस् भन्ने माग गर्छ। एमालेको मान्यता छ– भ्रष्टाचार गर्नु हुँदैन। भएका छन् भने फाइल खोल्नुपर्छ। दोषी छ भने कारबाही गर्नुपर्छ। 

पछिल्लो घटनामा एमालेकै सचिव टोपबहादुर रायमाझीको नामसमेत जोडिएको छ। उनलाई ‘एमालेले लुकायो’ भन्ने अफवाह पनि फैलाइयो। त्यो नचाहिने कुरा थियो। उनलाई एमालेले निलम्बन गरिसक्यो। उनी पक्राउ पनि परिसके। जहाँसम्म ठूलो–सानो कुरा हो, बदमासी गर्ने मान्छे जस्तोसुकै उचाइको होस्, त्यससँग कुनै सम्बन्ध छैन। यस्तोमा जो कोही संलग्न छ भने कारबाही हुनुपर्छ। टोपबहादुरको संलग्नता छ वा छैन भन्ने कुरा अनुसन्धानबाट बाहिर आउला। दोष देखियो भने पार्टीले आफैं कारबाही गर्नुपर्छ। निर्दोष भए सकियो। 

मुख्य कुरा राजनीतिमा बढ्दो भ्रष्टीकरण गम्भीर चिन्ताको विषय हो। किन र कसरी यो बढिरहेको छ, अध्ययनको विषयसमेत हो। मानिसहरूको निष्ठा हराएपछि, विचलन आएपछि यस्ता विकृति हुन्छन्। त्यही हिसाबले आज जे भइरहेको छ, यो चरम उत्कर्षमा छ जस्तो लाग्छ। कहीँ न कहीँबाट यसको अन्त्य गर्नुपर्छ। एकखालको सबक सिकाउनुपर्छ। एमालेले त आफ्ना पालामा गरेकै थियो। बीचमा रोकिएको हो। अहिले पुनः एउटा विषय आएर तात्तिएको छ। अब यस्ता काम गर्न हँुदैन भनेर सबैलाई सचेत होस् भन्ने एमालेको चाहना छ।

(अर्याल एमाले सचिव हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.