प्रेस स्वतन्त्रताको माग गर्दै सुनसरीका पत्रकारको मौन जुलुस प्रदर्शन

प्रेस स्वतन्त्रताको माग गर्दै सुनसरीका पत्रकारको मौन जुलुस प्रदर्शन
सुन्नुहोस्

धरान : प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको माग गर्दै सुनसरीका पत्रकारहरुले धरानमा मौन जुलुस प्रदर्शन गरेका छन्। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ( साम्पाङ) ले पटक पटक पत्रकारलाइ धम्कि दिएको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाइमा सोमबार मौन जुलुस प्रदर्शन गरिएको हो। 

धरानको भानु चोकबाट सुरु भएको मौन जुलुस कलेज रोड, छाता चोक हुँदै उपमहानगरपालिका गेट अगाडि पुगेर कोण सभामा परिणत भएको थियो। दर्जनौंपत्रकारहरु सहभागी मौन जुलुस प्रदर्सनमा कांग्रेस, एमाले, माओवादी र जसपा लगायतका दलका प्रतिनिधिहरुले समेत समर्थन जनाएका थिए।

महासंघका सुनसरी अध्यक्ष जनकऋषि राइले मेयर साम्पाङले पत्रकारहरुलाई दिएको धाकधम्किले पत्रकारहरू असुरक्षित भएकाले त्यसको विरुद्धमा मौन जुलुस निकालिएको बताए। उनले सुनसरीका  पत्रकार स्थानीय सरकार प्रमुखबाट नै असुरक्षित भएको भन्दै सुरक्षाको माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ ज्ञापनपत्र बुझाएको भएपनि सुरक्षाको ग्यारेन्टी नभएका कारण आन्दोलनलाई जारि राखिएको बताए। 

मेयर साम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीका पुर्ब अध्यक्ष केशव घिमिरे, पत्रकार खिलानाथ विकलगायतलाई धम्की दिएर प्रेस स्वतन्त्रताविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.